काठमाडौँ । भदौ २४ गते जेनजी आन्दोलनका बेला जेलबाट फरार रहेका ‘झ्याप्ले कमल न्यौपाने’ भन्ने कमल बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ २४ गते केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल काठमाण्डौंबाट फरार भएका बिक कर्तव्य ज्यान मुद्दाका
कैदी हुन् । उनी १० वर्षको सजाय भुक्तान गरिरहेका बेला फरार बनेका थिए ।
धादिङ बेनिघाट रोराङ गा।पा। वडा नं। ७, धुसा स्थायी घर भएका बिक भदौयता मनमैजुमा बस्दै आएका थिए ।
बि.क.लाई बैशाख ७ गते काठमाण्डौँको तारकेश्वर नगरपालिका वडा नं। ०९, मनमैजुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा पठाएको छ ।


