काठमाडौँ । ललितपुर बार एशोसिएशनको २९औँ कार्यसमिति निर्वाचनबाट अधिवक्ता कृष्णप्रसाद सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार सम्पन्न निर्वाचनमा सुवेदीले ३४६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी अधिवक्ता दयाभक्त डङ्गोल (जङ्गील) ले ३४० मत पाए ।
उपाध्यक्षमा अधिवक्ता विजयकुमार बस्नेत ३५९ मतसहित विजयी हुँदा प्रतिस्पर्धी नवीन केसीले ३२५ मत प्राप्त गरे । त्यस्तै सचिव पदमा अधिवक्ता चन्द्रप्रसाद गुरागाईं ३८१ मतसहित विजयी हुँदा दिलीप देशारले ३०२ मत पाए ।
कोषाध्यक्षमा अधिवक्ता इन्दु पाण्डेय ३५७ मतसहित विजयी भइन् भने आभासबहादुर प्रधानले ३२२ मत प्राप्त गरे । सहसचिवमा अधिवक्ता मिरा महर्जन निर्वाचित भएकी छन् ।
सदस्य पदमा सन्ध्या कार्की (३९४ मत), पवित्रा आले मगर (३६०), आइमान तामाङ (४००), गोपालराज अर्याल (३७०), दावा तामाङ (३८२), सरिता तिमल्सेना (३८६), गोविन्दबहादुर पुन (३६७), किरण पोख्रेल (३४६), रन्जित कँडेल (३४६) र उजला महर्जन (३८१) विजयी भएका छन् ।
निर्वाचन समितिका अनुसार कुल ९४३ मतदातामध्ये ६९५ मत खसेको थियो ।
हेर्नुहोस् नतिजा :


