काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायायाधीशको नियुक्तिविरुद्धका दुईवटा रिटहरुको औचित्य सकिएको भन्दै ती रिट दर्ता गरिरहनु नपर्ने बताएको छ ।
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता डा. प्रेमराज सिलवालले हालेका बेग्लाबेग्लै रिटहरु यसअघि अदालत प्रशासनबाट दरपीठ गरिएका थिए ।
ती रिटहरु दरपीठ गरिएको विरुद्धमा पुनः रिट लिएर जाँदा अदालत प्रशासनले रिट दर्ता गर्न मानेको थिएन ।
तर, डा. मनोज कुमार शर्मा प्रधानन्यायाधीश नियुक्त भइसकेपछि अदालतले दरपीठविरुद्धका रिटहरु दर्ता गरिएको थियो ।
ती रिटमाथि सोमबार सुनुवाई गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले दरपीठको निर्णयलाई नै सदर गर्दै रिटहरु दर्ता गर्नु नपर्ने भनेको हो ।
हेर्नुहोस् अदालतको आदेश–



