टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर अदालतको आदेश

जस नेपाल

२१ जेठ २०८३

टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर अदालतको आदेश

काठमाडौँ ।  ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा टिकटकर तुल्सा अधिकारीलाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले मंगलबार तुल्सा अधिकारीलाई थुनामा राख्ने निर्णय गरेको हो । अदालतले उनलाई आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) समेतको कसुरमा थुनामा पठाएको छ ।

मुद्धा नं ०८२-C१-०९८४ (४०-०८२-०५२३१) अन्तर्गत २०८२ साल चैत्र १९ मा दर्ता भएअनुसार तुल्सालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिइएको हाे ।

प्रहरीले इन्टरपोलको सहयोगमा गत शनिबार उनलाई थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको थियो । उनी पछिल्लो समय चीनमा बस्दै आएकी थिइन् ।

कुमार चिमोरियाको जाहेरीका आधारमा उनलाई ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरी अनुसन्धानका क्रममा उनी सम्पत्ति शुद्धीकरण मुद्दामा पनि जोडिएकी थिइन् । यसअघि प्रहरी वृत्त सातदोबाटोमा दायर जाहेरीमा आपराधिक विश्वासघात र ठगीको उल्लेख थियो ।

अदालतको आज बिहिवारकाे आदेशसँगै तुल्सा अधिकारी अब थुनामा रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भएको छ। उक्त्र मुद्धामा अशोक कुमार अग्रवालसहित अन्य १० जनाविरुद्ध जाहेरी परेको छ। 

 

सम्बन्धित खवर

बालेन सरकारले तीन न्यायाधीशमाथि महाअभियोग लगाउन खोजेकै हो त ?

बालेन सरकारले तीन न्यायाधीशमाथि महाअभियोग लगाउन खोजेकै हो त ?

काठमाडौँ । तीनवटा अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थाहरु, एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन...

झापा बारद्वारा उच्च अदालत इलाम इजलासका न्यायाधीशलाई बिदाइ

झापा बारद्वारा उच्च अदालत इलाम इजलासका न्यायाधीशलाई बिदाइ

झापा । उच्च अदालत विराटनगर, इलाम इजलासका सरुवा भएका न्यायाधीशहरूको सम्मानमा झापा बार एसोसिएसनले...

नेपालका प्रधान न्यायाधीशलाई दिल्लीमा सूर्यकान्तको स्वागत

नेपालका प्रधान न्यायाधीशलाई दिल्लीमा सूर्यकान्तको स्वागत

नयाँदिल्ली । नेपालका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा नेतृत्वको टोली भारत पुगेको छ । भारतमा नेपालसहित...