कानूनको अभ्यासमा एआईको प्रयोग

जस नेपाल

२४ जेठ २०८३

कानूनको अभ्यासमा एआईको प्रयोग

झापा । झापाको भद्रपुरमा कानून व्यवसायी र कानूनका विद्यार्थीबीच ‘कानूनको अभ्यासमा एआईको प्रयोग’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

कानुनी ज्ञान केन्द्र भद्रपुरको आयोजना र मनमोहन इष्टिच्युट अफ ल विराटनगरको सहकार्यमा शुक्रबार अन्तरक्रिया आयोजना गरिएको थियो । अन्तरक्रियामा ईन्जिनिर प्रकाश कोइरालाले कानूनको अभ्यासमा कसरी एआई उपयोगी सक्छ भन्ने प्रस्तुति दिएका थिए ।

आईटी विज्ञ कोइरालाले एआई परिचय, यसले गर्ने काम, उपयोगिता, सकारात्मक तथा नकारात्मक प्रभावलगायतका विषयमा जानकारी दिएका थिए । उनले कानून व्यवसायी तथा विद्यार्थीले एआईको प्रयोगबाट अधिकतम् फाइदा लिन सक्ने बताए ।

कोइरालाले कसरी सिर्जनशील कार्यमा उपयोगी हुन सक्छ भन्ने विषयमा प्रस्ट पारेका थिए । कोइरालाले एआईप्रति पूर्ण निर्भरता सिर्जनशील मानिसका लागि घातक हुने भनी सजग गराए । आईटी विज्ञ कोइरालाले कानूनका विद्यार्थी तथा कानून व्यवसायीले मस्यौदा लेखन, बहस नोट, सैद्धान्तिक ज्ञान जस्ता विषयमा एआई उपयोगी हुन सक्ने बताए । उनले प्रयोगात्मक विधिबाट प्रस्तुति दिएका थिए ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता लेखनाथ निरौलाले एआई उपपोगी साधन रहेकाले नव कानून व्यवसायीले अधिकतम लाभ लिन सक्नु पर्ने बताए । उनले प्रविधि सिक्ने कुरामा पुरानाले पनि प्रयास गर्नु पर्नेमा जोड दिए । मनमोहन स्कूल आफ लका प्राचार्य अधिवक्ता कोषराज न्यौपानेले नयाँ प्रविधि सबैका लागि उपयोगी रहेको बताए ।

उनले नयाँ र पुराना सबै कानून व्यवसायी प्रविधिमा अभ्यस्त हुनु पर्नेमा जोड दिए । कानूनी ज्ञान केन्द्रका अध्यक्ष अधिवक्ता तारामणि सापकोटाले नव कानून व्यवसायीका लागि एआई निकै उपयोगी भएको बताए । उनले अबको कानूनी अभ्यास प्रविधि बिना सम्भव नहुने बताए ।

कार्यक्रमका सहभागी अधिवक्ता अजय घिमिरे र कानूनका विद्यार्थी कुन्दनकुमार कण्ठले अन्तरक्रिया फलदायी भएको बताए । उनीहरुले एआईको प्रयोगले कानूनको अभ्यासमा गुणस्तरको विकास गर्ने विश्वास व्यक्त गरे । ज्ञान केन्द्रका सचिव अधिवक्ता नरेश खातीले सबैले एआईको प्रयोग गर्नु पर्ने बताए । कार्यक्रममा मनमोहन इष्टिच्युट अफ लका विद्यार्थी तथा झापाका कानून व्यवसायीसमेत गरी ६० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

 

सम्बन्धित खवर

देशव्यापी विरोधबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

देशव्यापी विरोधबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एनइइटी–युजी २०२६’ को प्रश्नपत्र चुहावटसम्बन्धी विवादपछि शनिबार पदबाट राजीनामा...

‘अदालतहरू २४ घण्टे मनोरञ्जन च्यानल होइनन्’

‘अदालतहरू २४ घण्टे मनोरञ्जन च्यानल होइनन्’

काठमाडौँ । नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावका बेला सार्वजनिक गरेको वाचापत्रमा अदालतको सनुवाइको प्रत्यक्ष...

भारतमा पनि जेनजी विद्रोह ? के हो ‘कक्रोच जनता पार्टी’को आन्दोलन ?

भारतमा पनि जेनजी विद्रोह ? के हो ‘कक्रोच जनता पार्टी’को आन्दोलन ?

काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीमा दशौँ हजार युवा सडकमा उत्रिएका छन् । उनीहरूले देशको...

नेपालमा बालयौन दूराचारमा नौ वर्ष सजाय काटेर फर्किएका केनेथ अमेरिकी अदालतबाट पनि दोषी ठहर

नेपालमा बालयौन दूराचारमा नौ वर्ष सजाय काटेर फर्किएका केनेथ अमेरिकी अदालतबाट पनि दोषी ठहर

काठमाडौँ । नेपालमा बालयौन दूराचारमा नौ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय...