सरकारी साक्षी बनेर बयान फेर्ने विकास चापागाईंविरुद्ध भ्रष्टाचार मुद्दा, ५० लाख बिगो दाबी

जस नेपाल

१० असार २०८३

सरकारी साक्षी बनेर बयान फेर्ने विकास चापागाईंविरुद्ध भ्रष्टाचार मुद्दा, ५० लाख बिगो दाबी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा पेश गरिएका विकासकुमार चापागाईंविरुद्ध ५० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार झलकराम अधिकारीसमेत प्रतिवादी रहेको घुस तथा सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा सहयोग गरेका कारण चापागाईंलाई सरकारी साक्षीका रूपमा पेश गरिएको थियो । तर उनले विशेष अदालतमा दिएको बकपत्र अनुसन्धानका क्रममा आयोगसमक्ष दिएको बयान र संलग्न प्रमाणविपरीत रहेको पाइएपछि उनीविरुद्ध थप अनुसन्धान गरी मुद्दा दायर गरिएको हो ।

अनुसन्धानबाट झलकराम अधिकारीले राजस्व चुहावटसम्बन्धी अनुसन्धान कारबाही नगर्ने तथा व्यापारिक कारोबारमा सहजीकरण गरिदिने नाममा ५० लाख रुपैयाँ घुस लिएको आरोप छ। उक्त रकम बराबरको चेक विकासकुमार चापागाईंको नाममा काटिएको, उनले रकम आफ्नो बैंक खातामा जम्मा गरी झलकराम अधिकारीको निर्देशनमा खरिद गरिएको जग्गाको भुक्तानीमा प्रयोग गरेको आयोगको निष्कर्ष छ ।

आयोगले चापागाईंको उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मतियारको कसुर तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) कसुरमा सहयोग गरेको ठहर गर्दै ५० लाख रुपैयाँ बिगो कायम गरी सजायको मागदाबीसहित बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको अदालतकी सूचना अधिकारी पार्वती हितानले जस नेपाललाई जानकारी दिइन् ।

सम्बन्धित खवर

पाटन बार निर्वाचन विवादित, स्वतन्त्र कानून व्यवसायी मञ्चले माग्यो पुनः चुनाव

पाटन बार निर्वाचन विवादित, स्वतन्त्र कानून व्यवसायी मञ्चले माग्यो पुनः चुनाव

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र कानून व्यवसायी मञ्चले उच्च...

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

ललितपुर । उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचनमा शनिबार दिउँसो केहीबेर हुलदंगा भयो ।...

शेखर गोल्छालाई किन मागियाे १ करोड धरौटी ? विशेष अदालतको आदेशमा के छ ?

शेखर गोल्छालाई किन मागियाे १ करोड धरौटी ? विशेष अदालतको आदेशमा के छ ?

काठमाडौं । विशेष अदालतले व्यवसायी शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा १ करोड रुपैयाँ धरौटीमा...

पत्रकार श्रेष्ठलाई बरामद सामानसहित अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई बरामद सामानसहित अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई जनआस्था पत्रिकाको कार्यालयबाट जफत गरिएका सामानसहित आगामी...