प्रज्ञाका कार्यालय सहयोगीको सर्टिफिकेट नक्कली, लाग्यो भ्रष्टाचार मुद्दा

जस नेपाल

४ असार २०८३

प्रज्ञाका कार्यालय सहयोगीको सर्टिफिकेट नक्कली, लाग्यो भ्रष्टाचार मुद्दा

काठमाडौँ । नक्कली सर्टिफिकेट (शैक्षिक प्रमाणपत्र) बुझाएर नेपाल प्रज्ञा प्रतिष्ठानमा जागिर खाइरहेका कार्यालय सहयोगी रामकुमार बोहरालाई भ्रष्टाचार मुद्दा लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोहराविरुद्ध आज (बिहीबार) विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रज्ञाका कार्यालय सहयोगी बोहराले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको उजुरी आयोगमा परेको थियो । उक्त उजुरीबारे अनुसन्धान हुँदा बोहराले नक्कली सर्टिफिकेटका भरमा वि.सं. २०६९ मङ्सिर १ देखि जागिर खाइरहेको पाइएको आयोगले जानकारी दिएको छ ।

बोहराले उक्त मितिदेखि लागू हुने गरी राजपत्र अनंकित तृतीय श्रेणी सरहको रंगमञ्च सहायक पदको (स्थायी) नियुक्ति पाएका थिए । उक्त नियुक्ति पाउन निजले तरूण मावि, बालाजुको सेन्टअप (कक्षा १०) को मार्कसिट र ट्रान्सफर सर्टिफिकेट लगायतका योग्यतासम्बन्धी झुट्टा विवरण र प्रमाणपत्र पेस गरेका आयोगमा प्रवक्त सुरेश न्यौपानेले जानकारी दिए ।

निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सम्बन्धित खवर

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ, भैंसीपाटीस्थित निवासमा छापा

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ, भैंसीपाटीस्थित निवासमा छापा

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ...

लागुऔषधसहित वडासदस्य पक्राउ

लागुऔषधसहित वडासदस्य पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागुऔषधसहित वडासदस्य पक्राउ...

ट्राफिक कारबाही : चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

ट्राफिक कारबाही : चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारीचालक सवारी नियम उल्लङ्घनको...

झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन

झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन

झापा । पछिल्लो समय लागुऔषध सेवन र कारोबारमा संलग्न युवायुवतीको सङ्ख्या वृद्धि भएको छ...