झुम्का कारागारबाट भागेका १ हजार ५७२ मध्ये ५७२ कैदीबन्दी पक्राउ

जस नेपाल

१३ कार्तिक २०८२

झुम्का कारागारबाट भागेका १ हजार ५७२ मध्ये ५७२ कैदीबन्दी पक्राउ

सुनसरी । सुनसरी रामधुनी नगरपालिका ५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् ।

२३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२ जना कैदीबन्दी भागेकामा अहिलेसम्ममा ७०५ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सनाले जानकारी दिए । उनका अनुसार प्रदर्शनका क्रममा भदौ २४ गते राति १ सय बढीको सङ्ख्यामा आएका प्रदर्शनकारीले झुम्का कारागार प्रवेश गरेर क्षति पुर्‍याउन थालेपछि कैदीबन्दी भागेका थिए ।

कारागारमा बाहिरबाट युवाको दबाब र भित्रका कैदीबन्दीले आगो लगाउने धम्की दिएपछि करागार प्रशासनले थप क्षति हुन नदिन प्रवेशद्वारमा सुरक्षा व्यवस्था खुकुलो गराइएको प्रहरी उपरीक्षक तिम्सनाले उल्लेख गरे । उनका अनुसार करागारमा रहेका दुई वटा ब्लकमध्ये २२७ बाहेक एकैसाथ एक हजार ५७२ जना कैदीबन्दी भागेका थिए ।

कारागारमा भारतीय तथा विदेशी ६५ जनासहित बाँकी नेपाली कैदी रहेकामा सबै भारतीय कैदीबन्दी भागेका उपरीक्षक तिम्सनाले जानकारी दिए । सोमबार रातिसम्ममा ७०५ जनालाई नियन्त्रणमा लिइएको बताउँदै उनले अन्यको खोजीकार्य जारी रहेको उल्लेख गरे ।

सम्बन्धित खवर

एलएल.बी.नै नसकी वकील बन्न खोज्दा !

एलएल.बी.नै नसकी वकील बन्न खोज्दा !

नयाँ दिल्ली । गुजरात उच्च अदालतले वकिलको नक्कल गरेको आरोपमा एकजना कानूनकी विद्यार्थीको अग्रिम...

काठमाडौँमा कोठा खोज्ने नाममा विद्यार्थीमाथि ठगी

काठमाडौँमा कोठा खोज्ने नाममा विद्यार्थीमाथि ठगी

काठमाडौँ उपत्यकामा कोठा खोजिदिने नाममा रकम असुल्ने गिरोहको गतिविधि बढ्दो क्रममा रहेको पाइएको छ।...

पोखरामा एकल महिला हत्या प्रकरण : अंश विवाद र पारिवारिक कलहले निम्त्याएको विभत्स हत्या

पोखरामा एकल महिला हत्या प्रकरण : अंश विवाद र पारिवारिक कलहले निम्त्याएको विभत्स हत्या

पोखरा । यसैसाता पोखरामा एकल महिलाको बीच बजारमै भएको विभत्स हत्यापछि प्रहरी अनुसन्धानले पारिवारिक...

वैदेशिक रोजगारीको प्रलोभनमा पारि करिब ९२ लाख ठगी, दुई जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा पारि करिब ९२ लाख ठगी, दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर रु ९१ लाख ९०...