हिरासतबाट फरार स्वर्णलक्ष्मी सहकारी प्रकरणका आरोपी ज्ञानबहादुर बम्जन पक्राउ

२३ कार्तिक २०८२

हिरासतबाट फरार स्वर्णलक्ष्मी सहकारी प्रकरणका आरोपी ज्ञानबहादुर बम्जन पक्राउ

काठमाडाैं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन प्रकरणमा मुछिएका र केही महिनाअघि प्रहरी हिरासतबाट भागेका ज्ञानबहादुर बम्जनलाई प्रहरीले पुनः पक्राउ गरेको छ।

भदौ २४ गते जेनजी प्रदर्शनको भिडभाडको बीचमा जिल्ला प्रहरी परिसर काठमाडौँको भद्रकालीस्थित हिरासतबाट फरार भएका बम्जनलाई प्रहरीले काठमाडौँ महानगरपालिका–२६ ठमेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार बम्जन हाल प्रहरी हिरासतमा छन् र उनीमाथि थप अनुसन्धान अघि बढाइएको छ।

सिन्धुलीको दुधौली नगरपालिका–७ का ५४ वर्षीय बम्जन रास्वपा अध्यक्ष रवि लामिछानेका साला गीतेन्द्रबाबु राई (जीबी)का जेठान हुन्। उनी यसअघि पोखरामा सञ्चालन भएको सूर्यदर्शन सहकारीको रकम दुरुपयोग प्रकरणमा समेत संलग्न रहेको अभियोगमा पक्राउ परेका थिए। सो प्रकरणमा अदालतले उनलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो।

स्वर्णलक्ष्मी सहकारी घोटाला प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले २०८१ पुस २१ गते रवि लामिछानेसहित ३९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो, जसमा बम्जन पनि प्रतिवादीको सूचीमा परेका थिए।

प्रहरी स्रोतका अनुसार बम्जनविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी भइरहेको छ। मुलुकी कार्यविधि संहिता, २०७४ को दफा ३५ अनुसार पहिचान स्पष्ट नभएका व्यक्तिहरूको हकमा अलग अनुसन्धान प्रतिवेदन पेश गर्न सकिने कानुनी व्यवस्था रहेको बताइन्छ।

सम्बन्धित खवर

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

काठमाडौँ । पोखरिया नगरपालिका, पर्साका कर्मचारीहरूले मिलेमतोमा अपाङ्गता परिचयपत्रको वर्ग सच्याएर एक व्यक्तिलाई सामाजिक...

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

चितवन । नारायणगढस्थित स्पा, होटल तथा मनोरञ्जन व्यवसायको तीव्र विस्तारसँगै आन्तरिक मानव बेचविखन र...

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका...

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको...