नेपालका मन्त्री भारतीय प्रधानन्यायाधीशको सपथमा ! सर्वोच्चका दुई न्यायमूर्ति र मुख्य रजिष्ट्रारसमेत दिल्लीमा

१० मंसिर २०८२

नेपालका मन्त्री भारतीय प्रधानन्यायाधीशको सपथमा ! सर्वोच्चका दुई न्यायमूर्ति र मुख्य रजिष्ट्रारसमेत दिल्लीमा

काठमाडौं । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित भारतीय प्रधानन्यायाधीश सूर्यकान्तको सपथ ग्रहण एवं पदभार ग्रहण समारोहमा नेपालका कानूनमन्त्री सहभागी भएका छन् ।

मंसिर २ गतेको मन्त्रिपरिषद बैठकले औपचारिक निर्णय नै गरेर भारतीय प्रधानन्यायाधीशको सपथग्रहण कार्यक्रममा नेपालका कानूनमन्त्री अनील कुमार सिन्हालाई पठाएको हो ।

मन्त्रिपरिषदले सिन्हाको मात्रै भ्रमण स्वीकृत गरे पनि उनी सपरिवार दिल्ली पुगेको स्रोतले बतायो । मन्त्री सिन्हा सोमबार सपथ ग्रहणमा सहभागी भएर मंगलबार पनि उतै रोकिएका छन् । बुधबार भारतीय सर्वोच्च अदालतले संविधान दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रममा सहभागी भएर मात्रै उनी नेपाल फर्कने छन् ।

दुई न्यायमूर्ति र मुख्य रजिष्ट्रार पनि दिल्ली पुगे

नेपालको सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत पनि भारतीय सर्वोच्च अदालतको निम्तोमा दिल्ली पुगेका छन् । मुख्य रजिष्ट्रार विमल पौडेल र कानूनमन्त्री सिन्हासँगै उनले भारतीय समकक्षीको सपथ ग्रहण समारोहमा सहभागिता जनाएका छन् ।

यता, दोस्रो बरियतामा रहेकी न्यायाधीश सपना मल्ल प्रधान पनि मंगलबार दिल्ली पुगेकी छन् । उनी भारतीय संविधान दिवसको अवसरमा त्यहाँको सर्वोच्च अदालतले बुधबार आयोजना गर्ने समारोहमा सहभागी हुन दिल्ली पुगेकी हुन् ।

यो पनि-

भारतका नवनियुक्त प्रधान न्यायाधीश सूर्यकान्त : विवादित इतिहास, गर्विलो चुनौती

सम्बन्धित खवर

विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयमा सर्वोच्चको अंकुश, अन्तिम टुंगो नलाग्दासम्म कार्यान्वयन नगर्न आदेश

विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयमा सर्वोच्चको अंकुश, अन्तिम टुंगो नलाग्दासम्म कार्यान्वयन नगर्न आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम...

साताको अदालत : न्यायपालिकामा हलचल, मनोज शर्मा सिफारिसदेखि सुकुम्बासी मुद्दासम्म

साताको अदालत : न्यायपालिकामा हलचल, मनोज शर्मा सिफारिसदेखि सुकुम्बासी मुद्दासम्म

काठमाडौँ ।  यो साता अदालतको सबैभन्दा चर्चित विषय बनेको थियो-प्रधानन्यायाधीशको सिफारिस । संवैधानिक परिषद्ले...

महाअभियोगको भयबाट मुक्त भएर अघि बढौँ, संरचना भत्काउने र विधिको हत्या गर्नेहरुको स्वार्थ भंग हुनेछ

महाअभियोगको भयबाट मुक्त भएर अघि बढौँ, संरचना भत्काउने र विधिको हत्या गर्नेहरुको स्वार्थ भंग हुनेछ

नेपाल प्रधान न्यायालय ऐन २००८, विक्रम सम्बत् २००९ सालमा वैशाख २६ गतेबाट लागु भएको...

डा. मनोज शर्माबारे यहाँहरुलाई मैले जानकारी दिनुपर्ने भो ! (भिडियोसहित )

डा. मनोज शर्माबारे यहाँहरुलाई मैले जानकारी दिनुपर्ने भो ! (भिडियोसहित )

यहाँहरुलाई मैले जानकारी दिनु पर्ने भो । यहाँहरुमध्ये धेरै मित्रहरुलाई जसलाई जानकारी छ वा...