कम्पनी सेवा अब स्थानीय तहबाटै, CAMIS प्रणालीमार्फत सनाखत सुविधा विस्तार

जस नेपाल

३ वैशाख २०८३

कम्पनी सेवा अब स्थानीय तहबाटै, CAMIS प्रणालीमार्फत सनाखत सुविधा विस्तार

काठमाडौँ । कम्पनी स्थापना, सञ्चालन र खारेजी सम्बन्धी सेवाहरूलाई थप सहज बनाउने उद्देश्यले अब सेवाग्राहीले आवश्यक सनाखत प्रक्रिया आफ्नै स्थानीय तहबाट गर्न सक्ने भएका छन्।

कम्पनी प्रशासनलाई डिजिटल बनाउँदै आएको कार्यालयले अनलाइनमा आधारित Company Administration and Management Information System (CAMIS) प्रणाली कार्यान्वयनमा ल्याएसँगै सेवा प्रवाहलाई थप सरल र पारदर्शी बनाउने पहल गरेको हो।

यस प्रणालीमार्फत कम्पनी दर्तादेखि खारेजीसम्मका सम्पूर्ण प्रक्रिया अनलाइनबाटै सम्पन्न गर्न सकिने व्यवस्था छ। सम्बन्धित कागजातहरू डिजिटल हस्ताक्षरसहित स्वतः कम्पनीको अनलाइन खातामा उपलब्ध गराइन्छ।

यसअघि CAMIS प्रणाली प्रयोग गर्न पहिलोपटक युजरनेम र पासवर्ड लिन तथा कम्पनी खारेजीको निर्णयमा संलग्न व्यक्ति सनाखतका लागि कार्यालयमै उपस्थित हुनुपर्ने व्यवस्था थियो। तर, अब सो प्रक्रिया स्थानीय तहबाटै गर्न मिल्ने बनाइएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई यससम्बन्धी सहजिकरणका लागि पत्राचार भइसकेको छ। त्यसअनुसार स्थानीय तहका प्रमुख, उपप्रमुख वा सम्बन्धित वडाध्यक्ष समक्ष सनाखत गरी आवश्यक कागजात प्रणालीमा अपलोड गर्न सकिनेछ।

कम्पनी रजिष्ट्रार कार्यालयले सेवा प्रवाहलाई थप सरलीकृत गर्दै डिजिटल माध्यमबाट पहुँच विस्तार गर्ने उद्देश्यले यो व्यवस्था लागू गरेको जनाएको छ। नयाँ व्यवस्थासँगै सेवाग्राहीले कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ ।

यस सेवाबाट लाभ लिन सबै सेवाग्राहीलाई सम्बन्धित स्थानीय तहमार्फत प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ।

यसैबीच, सरकारले चालु अवस्थामा नरहेका कम्पनीहरुको खोरजी प्रक्रियालाई सहज बनाउने गृहकार्यसमेत थालेको स्रोतले बताएको छ ।

सम्बन्धित खवर

रवि दाइ, तपाईंलाई म बुझाइदिन्छु…

रवि दाइ, तपाईंलाई म बुझाइदिन्छु…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संवैधानिक परिषदबाट डा. मनोज...

न्यायकर्मीहरूमाझ आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न,  मानबहादुर र शेरबहादुरको टोलीले हात पार्‍यो उपाधि

न्यायकर्मीहरूमाझ आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, मानबहादुर र शेरबहादुरको टोलीले हात पार्‍यो उपाधि

काठमाडाैँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूमाझ आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । जस...

सरकारलाई प्रश्न – डाक्टरको सल्लाहबिनै कति ‘क्याफिन’ खाने ?

सरकारलाई प्रश्न – डाक्टरको सल्लाहबिनै कति ‘क्याफिन’ खाने ?

काठमाडौँ । सरकारले क्याफिनयुक्त इनर्जी ड्रिंक्सको आयात रोक्दा युवाहरूको स्वास्थ्य जोगिन्छ भन्ने आशा थियो।...

नेपाल बार एसोसिएसन संवैधानिक समितिको कार्यक्रम सुरु (Live)

नेपाल बार एसोसिएसन संवैधानिक समितिको कार्यक्रम सुरु (Live)

काठमाडाैँ ।  कानून दिवसकाे‍ अवसरमा नेपाल बार एसाेसिएशनकाे आयाेजनामा संविधानवाद र कानूनी शासनमा देखिएका...