राष्ट्रिय सभा अधिवेशन माघ ४ मा बोलाउन मन्त्रिपरिषद्‌को सिफारिस

२८ पुष २०८२

राष्ट्रिय सभा अधिवेशन माघ ४ मा बोलाउन मन्त्रिपरिषद्‌को सिफारिस

काठमाडौँ । सरकारले राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्‌ बैठकले राष्ट्रिय सभा अधिवेशन आह्वान लगायत विभिन्न ६ निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिएको जानकारी अनुसार; सरकारले वित्तीय क्षेत्र विकास रणनीति (२०८२/८३-२०८६/८७) पनि स्वीकृत गरेको छ । यसैगरी अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले सन्‌ २०२४ मा बुझाउनुपर्ने वार्षिक योगदान बापतको दुई लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिएको छ ।

२०२५ मार्चमा चलेको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध प्यागोडाको अभिलेखालय र गङ्गाघाट मन्दिरको पुनःनिर्माण निम्ति तीन लाख ५० हजार अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्‌ बैठकले गरेको छ ।

बैठकले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गर्ने र गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित खवर

सांसदलाई रातो पासपोर्ट उपलब्ध गराउन कानून सहज बनाउने छलफल

सांसदलाई रातो पासपोर्ट उपलब्ध गराउन कानून सहज बनाउने छलफल

काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरुले कुटनीतिक राहदानी (रातो पासपोर्ट) सहजरुपमा पाउनुपर्ने माग गरेका छन् ।...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले आफूले सम्हाल्दै आएको...

राष्ट्रपतिबाट बैशाख १७ गते संसद अधिवेशन आह्वान

राष्ट्रपतिबाट बैशाख १७ गते संसद अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुबै सदनको संयुक्त अधिवेशन अगाामी बैशाख १७...

मन्त्रिपरिषदले गर्‍यो विभिन्न नियुक्ति

मन्त्रिपरिषदले गर्‍यो विभिन्न नियुक्ति

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन...