अधिवक्ताको परीक्षाफल प्रकाशित, १२७४ वकील थपिए (नतिजासहित)

जस नेपाल

९ वैशाख २०८३

अधिवक्ताको परीक्षाफल प्रकाशित, १२७४ वकील थपिए (नतिजासहित)

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद (बार काउन्सिल)ले लिएको यस वर्षको परीक्षाको नतिजा प्रकाशित भएको छ । प्रकाशित नतिजा अनुसार यस वर्ष देशमा १२७४ जना नयाँ कानून व्यवसायीहरु थपिएका छन् ।

परिषदले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार पृथ्वीराज पोख्रेल ८०.४५ प्रतिशत अंकसहित प्रथम भएका छन् ।

दोस्रो हुने रिया रायमाझीले ७६.३६ प्रतिशत अंक ल्याएकी छन् भने तृतीय हुने सुस्मिता हुमागाईले ७४.०९ प्रतिशत अंक पाएकी छन् ।

२२ सय बढी परीक्षार्थी सहभागी भएकोमा १२ सय ७४ जना मात्रै वकील बन्न सफल भएका छन् ।

कानूनमा स्नातक अध्ययन पूरा गरेका विद्यार्थीहरुले वकील बन्नका लागि नेपाल बार काउन्सिलको परीक्षा अनिवार्यरुपमा उत्तीर्ण गर्नुपर्ने हुन्छ ।

हेर्नुहोस् नतिजा

पछिल्लो समयमा कानून विषयको अध्ययनमा आकर्षण बढेसँगै बर्सेनि वकीलहरुको संख्या थपिँदै गएको छ । यसै सन्दर्भमा ०८२ को परीक्षाबाट १२ सय बढी नयाँ वकीलहरु थपिएका हुन् ।

नेपाल बार काउन्सिलले बुधबार जारी गरेको सूचनामा परीक्षा उत्तीर्ण भएकाहरुले अधिवक्ताको प्रमाणपत्र लिनका लागि १५ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने भनिएको छ ।

सम्बन्धित खवर

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  जिल्ला कृषि विकास कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासहित तीन कर्मचारी...

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँ  जिल्लाको साङ्ला (टोखा सरस्वती) स्थित निजी गुठी जग्गालाई किर्ते जालसाजी गरी...

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । कैलालीको जानकी गाउँपालिका-३ नयाँ लायकपुरस्थित श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयकी...

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । सम्पत्ति जाँचबुझ छानबिन आयोग २०८३ को गठन र कार्यविधिविरुद्ध दायर भएका रिट...