मन्त्रिपरिषदले गर्‍यो विभिन्न नियुक्ति

जस नेपाल

८ वैशाख २०८३

मन्त्रिपरिषदले गर्‍यो विभिन्न नियुक्ति

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पनि पदाधिकारीहरु नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले बताए । समितिमा अर्थ मन्त्रालयका सचिव डा धनश्याम उपाध्याय र भुवन कुमार दाहाल सदस्य रहेका छन् ।

नयाँ सरकार गठन भएपछि धितोपत्र बोर्डका अध्यक्ष सन्तोषानारायण श्रेष्ठले राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको छ ।

मंगलबारकै मन्त्रिपरिषद्को बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ । सिमितिको सदस्य पदमा नवराज सिम्खडा र रोशन बहादुर शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको मन्त्री तिमिल्सिनाले सञ्चारमाध्यमलाई जानकारी दिए ।

त्यसैगरी बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिएको छ ।

त्यस्तै, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक पनि सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको तिमिल्सिनाले जनाए ।

मन्त्रिपरिषद्को बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिएको छ ।

सम्बन्धित खवर

सांसद निश्कल राईको प्रश्न– भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने प्रयत्न किन ?

सांसद निश्कल राईको प्रश्न– भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने प्रयत्न किन ?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रस्तावित प्रतिनिधि सभा नियमावलीमा सांसदहरुलाई भ्रष्टाचार मुद्दामा...

राष्ट्रपतिको सम्वोधन : विधि र परम्परा तलमाथि हुँदा समाज भयभीत हुन थाल्छ

राष्ट्रपतिको सम्वोधन : विधि र परम्परा तलमाथि हुँदा समाज भयभीत हुन थाल्छ

राष्ट्रपति रामचन्द्र पौडेलले विधिद्वारा स्थापित पद्यति र परम्परालाई तलमाथि पार्न नहुने बताएका छन् ।...

प्रधानमन्त्रीले मानेनन् सर्वोच्चको निम्तो !

प्रधानमन्त्रीले मानेनन् सर्वोच्चको निम्तो !

काठमाडौँ । सर्वोच्च अदालतले कनून दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित...

राष्ट्रिय सभागृहमा कानून दिवस

राष्ट्रिय सभागृहमा कानून दिवस

काठमाडौँ । कानून दिवसको अवसरमा प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभा गृहमा सर्वोच्च अदालतको आयोजनामा...