३३ किलो सुन प्रकरण : भरियाको हत्या आरोपित गौतम ८ वर्ष पछि पक्राउ

२ माघ २०८२

३३ किलो सुन प्रकरण : भरियाको हत्या आरोपित गौतम ८ वर्ष पछि पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका भरिया सनम शाक्यको हत्या आरोपी एक जनालाई ८ वर्षा पछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सो अभियोगमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ का ३३ वर्षीय सुरेन्द्र गौतमलाई पक्राउ गरी बिहिबार सार्वजनिक गरेको हो । २०७४ माघ ९ गते दुबईबाट ल्याइएको ३३ किलो सुन गायब बनाउन गौतमको संलग्नता देखिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

मोरङ उर्लाबारीका सनम शाक्यलाई  २०७४ साल फागुन १८ गते कुटपिट तथा करेन्ट लगाएर हत्या गरिएको थियो । सुन कारोबारमा संलग्न मुख्य अभियुक्त चुरामणि उप्रेती (गोरे) लाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका गौतमलाई आवश्यक अनुसन्धानका लागि बिहिबार नै जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको जानकारी दिए ।

यसअघि ३३ किलो सुन र सनम हत्या प्रकरणमा ६३ जना प्रतिवादी कायम गरिएको थियो। गौतमविरूद्ध २०७५ साल वैशाख १९ गते मोरङ जिल्ला अदालतमा संगठित अपराध, सनम शाक्यलाई अपहरण गरेर शरीर बन्धक बनाएको कसुर र कर्तव्य ज्यान कसुरमा सजाय माग गरेको थियो।

सम्बन्धित खवर

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

काठमाडौँ । पोखरिया नगरपालिका, पर्साका कर्मचारीहरूले मिलेमतोमा अपाङ्गता परिचयपत्रको वर्ग सच्याएर एक व्यक्तिलाई सामाजिक...

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

चितवन । नारायणगढस्थित स्पा, होटल तथा मनोरञ्जन व्यवसायको तीव्र विस्तारसँगै आन्तरिक मानव बेचविखन र...

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका...

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको...