क्यानडा पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने श्रेष्ठ पक्राउ

२ माघ २०८२

क्यानडा पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने श्रेष्ठ पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै सिन्धुली स्थायी घर भई हाल गोकर्णेश्वर नगरपालिका ५ बस्ने ३४ वर्षीय सन्तोष श्रेष्ठलाई पक्राउ गरिएको जनाएको छ।

प्रहरीका अनुसार श्रेष्ठले बेरोजगार युवालाई आकर्षक तलबको प्रलोभन देखाई क्यानडा पठाइदिने भन्दै लामो समयसम्म झुक्याई पीडितबाट रकम लिएका थिए। तर वैदेशिक रोजगारीमा नपठाई सम्पर्कविहीन भएपछि पीडितले जाहेरी दिएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार गोकर्णश्वर नगर क्षेत्रबाट श्रेष्ठलाई पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उनले एक जनाबाट २ लाख रुपैयाँ ठगी गरेको खुलेको छ।

पक्राउ परेका श्रेष्ठमाथि वैदेशिक रोजगार सम्बन्धी ठगी कसुरमा अनुसन्धान भइरहेको र आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

विज्ञप्ति :

सम्बन्धित खवर

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

काठमाडौँ । पोखरिया नगरपालिका, पर्साका कर्मचारीहरूले मिलेमतोमा अपाङ्गता परिचयपत्रको वर्ग सच्याएर एक व्यक्तिलाई सामाजिक...

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

चितवन । नारायणगढस्थित स्पा, होटल तथा मनोरञ्जन व्यवसायको तीव्र विस्तारसँगै आन्तरिक मानव बेचविखन र...

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका...

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको...