काठमाडौँ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा फरार रहेका अभियुक्त जीवी राईको समेत संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन महान्यायाधिवक्ता सविता भण्डारीले स्वीकृति दिएकी छिन् ।
रवि लामिछानेसँग जोडिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरेपछि विवादमा तानिएसँगै महान्यायाधिवक्ता भण्डारीले रविसँग जोडिएका सबै प्रतिविादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरेको शुक्रबार राष्ट्रिय पत्रपत्रिकामा समाचार प्रकाशित भएको छ ।
महान्यायाधिवक्ताको यो निर्णयसँगै अब रवि लामिछाने र गोरखा मिडियासँग जोडिएका सबै मुद्दाका अभियुक्तहरुले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगबाट छुटकारा पाउने भएका छन् ।
रविको अभियोग फिर्ता लिने निर्णय रोक्न माग गर्दै सर्वोच्चमा अर्को रिट
ताजा अपडेट
निर्वाचन : डिजिटल युगमा लोकतन्त्रको परीक्षण
१७ फागुन २०८२पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…
१७ फागुन २०८२
