घुस लिएको अभियोगमा सहायक हवलदार र जवान पक्राउ

४ माघ २०८२

घुस लिएको अभियोगमा सहायक हवलदार र जवान पक्राउ

काठमाडाैँ । कानूनको कार्यान्वयन गराउने निकायका रूपमा चिनिने नेपाल प्रहरीले आफ्नै संगठनका साहयक हवल्दार र जवानलाई समात्याे भनेको सुन्दा तपाइँलाई अचम्म लाग्न सक्छ । तर समाजमा यस्ता घटना समय–समयमा देखिने गरेका छन् ।

यस्तै एउटा घटनामा लागुऔषध कारोबारीसँग दुई लाख रुपैयाँ असुलेको (घुस लिएकाे) आरोपमा दुई जना प्रहरी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र जवान सुजन कार्की रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको हो । परिसरका प्रहरी उपरीक्षक तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार लागुऔषध कारोबारमा संलग्न व्यक्तिसँग अवैध रूपमा रकम लिएको पुष्टि भएपछि दुवै जनालाई पक्राउ गरिएको हो ।

प्रवक्ता भट्टराईले कानुनका अगाडि सबै बराबर हुने स्पष्ट पार्दै प्रहरी स्वयंले गल्ती गरे पनि उन्मुक्ति नपाउने बताए । उनले कानुन विपरीत काम गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने बताए ।

पक्राउ परेका दुवै प्रहरी कर्मचारी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।

सम्बन्धित खवर

हिरासतमा कैदीकाे मृत्युविरुद्धको रिट : सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ (आदेश सहित )

हिरासतमा कैदीकाे मृत्युविरुद्धको रिट : सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ (आदेश सहित )

काठमाडौँ । राज्यको नियन्त्रणमा रहेका नागरिकहरूको जीवन सुरक्षा सुनिश्चित गर्न माग गर्दै दायर परमादेशको...

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौँ ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका-९ भीमानबाट खैरो हेरोइनजस्तो देखिने...

दुई सय सात किलो गाँजासहित एक जना पक्राउ

दुई सय सात किलो गाँजासहित एक जना पक्राउ

काठमाडौँ।नियमित गस्तीमा रहेको प्रहरीको टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका-५ बाट २०७ किलोग्राम गाँजासहित एक जनालाई...

म्यागङ गाउँपालिकाका आईटी अधिकृत एक लाख घुससहित पक्राउ

म्यागङ गाउँपालिकाका आईटी अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङलाई...