काठमाडौँको मूलपानीमा गोली चल्यो, १० जना लुटेरा प्रहरी नियन्त्रणमा

१५ माघ २०८२

काठमाडौँको मूलपानीमा गोली चल्यो, १० जना लुटेरा प्रहरी नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको मुलपानी क्षेत्रमा सक्रिय लुटपाट गिरोहविरुद्ध प्रहरीले कारबाही गरेकाे छ । विभिन्न व्यक्तिलाई रातिको समयमा पिछा गर्दै गहना, नगद तथा बहुमूल्य सामान लुट्दै आएको समूहका १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

लगातार लुटपाटका उजुरीहरू आएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष टोली परिचालन गरेको थियो । उक्त टोलीले बुधबार राति मुलपानी आसपास क्षेत्रमा अपरेसन चलाउँदै १० जनालाई नियन्त्रणमा लिएको परिसरका एसएसपी रमेश थापाले जानकारी दिए । अपरेसनका क्रममा स्थिति नियन्त्रणमा लिन गोली प्रहार गर्नुपरेको पनि उनले बताए । प्रहरीकाे गाेली लागेर घाइते हुनेमा काभ्रे घर भएका विनय तामाङ रहेका छन् । तामाङ लुटपाटका नाइकेसमेत रहेकाे प्रहरीकाे जिकिर छ । उनि भदौ २४ मा जेनजी आन्दोलन हुँदा प्रहरी वृत्त महाराजगन्जको हिरासतमाबाट भागेका थिए । याे समूहले उपत्यकामा २२ वटा लुटपाटका घटनामा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएकाे छ ।

प्रहरीले यस समूहबाट पीडित भएका अन्य नागरिकलाई आवश्यक विवरणसहित सम्पर्क गर्न आग्रह गरेको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण र लुटेरहरूको पहिचान केही समय पछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खवर

जर्जिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

जर्जिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । रोजगारीका लागि जर्जिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्...

खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ

खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ

झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं ९२६ बाट काठमाडौँ जान लागेकी...

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिका जाने दाउ, ७ जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिका जाने दाउ, ७ जना पक्राउ

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाइ ठगी गर्ने गिराेहका ७ जना जनालाई प्रहरीले पक्राउ...

कम्बोडिया पठाइदिने भन्दै ४ लाख बढी ठग्ने लामा पक्राउ

कम्बोडिया पठाइदिने भन्दै ४ लाख बढी ठग्ने लामा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले...