कम्बोडिया पठाइदिने भन्दै ४ लाख बढी ठग्ने लामा पक्राउ

जस नेपाल

१८ माघ २०८२

कम्बोडिया पठाइदिने भन्दै ४ लाख बढी ठग्ने लामा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार कम्बोडिया लैजाने प्रलोभन देखाई लामो समयसम्म झुक्याएर पीडितबाट रकम असुली गरी सम्पर्कविहीन बनेको उजुरीका आधारमा विकिलाल लामालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका लामा पर्सा जिल्ला ठोरी गाउँपालिका–४ का स्थायी बासिन्दा हुन् । हाल उनी काठमाडौँ महानगरपालिका–९ मा बसोबास गर्दै आएका थिए । प्रहरीका अनुसार उनले ४ लाख ३५ हजार रुपैयाँ ठगी गरेको पाइएको जनाएको छ ।

काठमाडौँ महानगरपालिका–३ बाट पक्राउ गरिएका लामालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ । ठगीबाट पीडित हुनेको संख्या १ जना रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने यस्ता ठगीप्रति सचेत रहनसमेत सर्वसाधारणलाई आग्रह गरेको छ ।

सम्बन्धित खवर

भरतपुर कारागारका ५० जना कैदीमा ‘भाइरल’ ज्वरो

भरतपुर कारागारका ५० जना कैदीमा ‘भाइरल’ ज्वरो

चितवन । भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । जिल्ला...

गैरकानुनी रुपमा विदेश पठाएको अभियोगमा छ जना पक्राउ

गैरकानुनी रुपमा विदेश पठाएको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका छन् ।...

कोशीमा बालविवाहका ३८ उजुरी दर्ता, मोरङमा सबैभन्दा बढी

कोशीमा बालविवाहका ३८ उजुरी दर्ता, मोरङमा सबैभन्दा बढी

झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी उजुरी...

अवैध जडीबुटीसहित पक्राउ परेका पाँच जना दुई लाख तिरेर रिहा

अवैध जडीबुटीसहित पक्राउ परेका पाँच जना दुई लाख तिरेर रिहा

भोजपुर । जिल्ला प्रहरी कार्यालयले अवैध जडीबुटीसहित पक्राउ परेका पाँच जनालाई दुई लाख जरिवाना...