सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचार : तत्कालीन उपकुलपति डा. भण्डारीसहित २० विरुद्ध मुद्दा दायर

जस नेपाल

१५ माघ २०८२

सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचार : तत्कालीन उपकुलपति डा. भण्डारीसहित २० विरुद्ध मुद्दा दायर

काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य उपकरण खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपकुलपति प्रा.डा. संगीता सिंह भण्डारीसहित २० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार प्रतिष्ठानका लागि १२८ स्लाइस सिटी स्क्यान मेसिन खरिद गर्ने क्रममा करिब ७ करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको पाइएको हो । खरिद प्रक्रिया, प्राविधिक मूल्यांकन, बोलपत्र मूल्याङ्कन र भुक्तानी प्रक्रियामा मिलेमतो र कानुनी प्रक्रिया उल्लंघन गरी राज्य तथा संस्थालाई आर्थिक क्षति पुर्‍याइएको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मुद्दामा तत्कालीन कामु रजिस्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख डा. बोम विसी, बायोमेडिकल इन्जिनियरद्वय शरद भण्डारी र आशुतोष भण्डारी, कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, लेक्चरर डा. श्रीसिया पोखरेललगायत प्रतिष्ठानका विभिन्न पदाधिकारी तथा कर्मचारीलाई प्रतिवादी बनाइएको छ । साथै, आपूर्तिकर्ता कम्पनी हिमालयन मेडिटेक प्रालि र सो कम्पनीका प्रमुख अमर श्रेष्ठ र सन्जु राजकर्णिकारसमेत मुद्दामा समेटिएका छन् ।

अख्तियारले सार्वजनिक खरिद ऐन र नियमावली विपरीत प्रक्रिया अपनाई प्राविधिक मापदण्ड नपुगेको उपकरण खरिद गरिएको, प्राविधिक मूल्याङ्कन प्रतिवेदनसमेत गलत तयार पारिएको र सोही आधारमा भुक्तानी गरिएको निष्कर्ष निकालेको छ ।

यसअघि पनि भण्डारीविरुद्ध एमआरआई मेसिन खरिद प्रकरणमा करिब १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले गत असोजमै छुट्टै मुद्दा दायर गरिसकेको थियो ।

हेर्नुहाेस् अख्तियारले दायर गरेकाे आराेपपत्र :

सम्बन्धित खवर

बन्दसूचीबाट को को हटे ? हेर्नुहोस् ७६ जनाको नामावली

बन्दसूचीबाट को को हटे ? हेर्नुहोस् ७६ जनाको नामावली

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न दलका ७६ जना उम्मेदवारलाई समानुपातिकतर्फको बन्द सूचीबाट हटाएको छ...

सर्लाहीमा पहिलो पटक आमाको नामबाट नागरिकता

सर्लाहीमा पहिलो पटक आमाको नामबाट नागरिकता

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नाममा नागरिकता जारी गरेको छ ।...

विमानस्थलमा अख्तियारकाे छापा : भन्सार अधिकृत न्यौपानेसहित तीन जना कर्मचारी घुससहित पक्राउ

विमानस्थलमा अख्तियारकाे छापा : भन्सार अधिकृत न्यौपानेसहित तीन जना कर्मचारी घुससहित पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस...

निर्वाचन आचारसंहिता : आयोगले यसरी गर्दैछ कारबाही

निर्वाचन आचारसंहिता : आयोगले यसरी गर्दैछ कारबाही

अहिले निर्वाचनको माहोल भएको हुनाले निर्वाचन आयोगतर्फ केही प्रश्नहरु तेर्सिनु अथवा यसमा आयोगको बढी...