काठमाडौँ । निर्वाचन आयोगले विभिन्न दलका ७६ जना उम्मेदवारलाई समानुपातिकतर्फको बन्द सूचीबाट हटाएको छ ।
महिलाको सिटमा पुरुषले उम्मेदवारी दर्ता गरेको देखि लिएर पिछडिएको क्षेत्रको मतदाता नामावलीमा नाम नभएका, कालो सूचीमा परेका, २५ वर्ष उमेर पूरा नभएका र दलले आफैं सूचीबाट हटाउन लगाएका समेत गरी ७६ जनालाई सूचीबाट हटाइएको निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्तिमार्फत जनाएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारको बन्दसूचीका सम्बन्धमा पर्न आएका उजुरी, प्रचलित कानूनबमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगवाट विभिन्न मितिमा भएका निर्णय एवम् राजनीतिक दलबाट प्राप्त जानकारीसमेतका आधारमा उम्मेदवारहरूको विवरण रुजु भई ७६ जना उम्मेदवारहरूको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको आयोगले जनाएको छ ।
बन्दसूचीबाट को–को हटे ? हेर्नुहोस् नामावली–
प्रदेश सभाको समानुपातिक बन्दसूचीमा नाम रहेका
१. सबिना श्रेष्ठ, काठमाडौं– प्रजातान्त्रिक पार्टी नेपाल/आयोगको जरिवाना पनि नतिरेको)
२. अनिलकुमार साह, सर्लाही–प्रजातान्त्रिक पार्टी नेपाल
३. भवानी दमाई, भक्तपुर– जनप्रिय लोकतान्त्रिक पार्टी
४. लेखबहादुर मोक्तान, रामेछाप– एकल चुनाव चिन्ह जाँतो
५. बसन्तकुमार हमाल,बाँके– एकल चुनाव चिन्ह जाँतो
६. देवेन्द्रसिं नेपाली, कैलाली– एकल चुनाव चिन्ह जाँतो
७. ममता यादव, बर्दिया– एकल चुनाव चिन्ह जाँतो
८. धनबहादुर गुरुङ, स्याङजा, नेशनल रिपब्लिक पार्टी
९. दिलकुमारी थापा, नवलपरासी – नेशनल रिपब्लिक पार्टी
१०. मिनु थापा, म्याग्दी– नेशनल रिपब्लिक पार्टी
११. गौमाया थापा, नवलपरासी– नेशनल रिपब्लिक पार्टी
१२. दिपेन्द्र बहादुर थापा, कैलाली– नेशनल रिपब्लिक पार्टी
१३. सावित्रीकुमारी चौधरी, कैलाली– राष्ट्रिय परिवर्तन पार्टी
१४. दलबहादुर गुरुङ, कास्की– नेकपा एमाले
१५. चन्दाकुमारी प्रतिहस्त, कैलाली– नेपाल मातृभूमि पार्टी
१६ जशोदा लिम्बु, सुनसरी–नेकपा (माओवादी)
१७. शिला यादव, धनुषा–नेकपा (माओवादी)
१८. मनमाया थापा, सर्लाही – एकल चुनाव चिन्ह बस
१९. रेवती कुमारी न्यौपाने,सर्लाही– एकल चुनाव चिन्ह बस
२० चिनीमाया वाइबा, सर्लाही – एकल चुनाव चिन्ह बस
२१. जानुका बस्नेत, दोलखा –संयुक्त नागरिक पार्टी
२२. हुमबहादुर पुन, बागलुङ– संयुक्त नागरिक पार्टी
२३. पदमबहादुर गुरुङ, कास्की –संयुक्त नागरिक पार्टी
२४. नवीन साह, महोत्तरी –संयुक्त नागरिक पार्टी
२५. रामसुन्दर महरा, धनुषा– नेपाली कांग्रेस
२६. प्राणोदेवी थरुनी, पर्सा, राष्ट्रिय एकता दल
कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका
१. बसुन्धरादेवी चौधरी, कञ्चनपुर – एकल चुनाव चिन्ह मोबाइल
२. रहेना खातून, सर्लाही– एकल चुनाव चिन्ह मोबाइल
३. लक्ष्मीदेवी शाह, अछाम, – एकल चुनाव चिन्ह मोबाइल
४. कमला खत्री, दाङ– जनता समाजवादी पार्टी
५. हिरोइनकुमारी साह, सर्लाही– जनमत पार्टी
६. गजेन्द्र कुमार मेहता, सुनसरी – जनमत पार्टी
७. मो. असदुन्लाह, रौतहट – जनमत पार्टी
८. सुमिता राई, खोटाङ –जय मातृभूमि पार्टी
९. राजु मिजार, काठमाडौँ–जय मातृभूमि पार्टी
१०. पृति गुप्ता पटेल, पर्सा–जय मातृभूमि पार्टी
११. लक्ष्मी श्रेष्ठ, सिन्चुपाल्चोक– नागरिक शक्ति नेपाल
१२ सुनीता देवी दास, धनुषा–नेपाल सदभावना पार्टी
१३. भुवन औजी, बैतडी – मितेरी पार्टी नेपाल
१४. गायत्री राई, मोेरङ– मितेरी पार्टी नेपाल
१५. डिजन बस्नेत, काठमाडौं– मितेरी पार्टी नेपाल
१६. सुनीता पौडेल, काठमाडौं– मितेरी पार्टी नेपाल
१७. दीपक चौधरी, सुनसरी– राष्ट्रिय एकता दल
१८. विकाराम चौधरी, नवलपरासी– राष्ट्रिय जनमोर्चा
१९. सुनीता कुमारी कुर्मी, रुपन्देही– राष्ट्रिय जनमोर्चा
२०. जाहेरा बानु, रुपन्देही– नेकपा (माओवादी)
२१. प्रतिमादेवी यादव, रौतहट–नेपाल जनता पार्टी
नाम हटाउन सम्बन्धित दलबाट लेखी आएका
१. सञ्जीव नारायण यादव, सप्तरी– श्रम संस्कृति पार्टी
२. रेणुदेवी, सर्लाही – श्रम संस्कृति पार्टी
३. भागरथी देवी पाल, सिराहा – श्रम संस्कृति पार्टी
४. ललिताकुमारी यादव, सिराहा – श्रम संस्कृति पार्टी
५. दीपा कुमारी साह, बारा– श्रम संस्कृति पार्टी
६. जवारुल हुसेन हवारी, बारा– श्रम संस्कृति पार्टी
७. सफिना खातून, महोत्तरी– श्रम संस्कृति पार्टी
८.आलम आरा, सर्लाही– श्रम संस्कृति पार्टी
९. औजरा खातून, पर्सा–– श्रम संस्कृति पार्टी
१०– चन्द्रबहादुर विश्वकर्मा, तेह्रथुम–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
११. उर्मिला चौधरी, दाङ– रास्पवा
निर्वाचन आयोगबाट तोकिएको जरिवाना नतिर्ने
१. शिवजी यादव, महोत्तरी– जनता समाजवादी पार्टी
२. राम नरेश महतो कोइरी, धनुषा, एकल चुनाव चिन्ह मोबाइल
३. राम नरेश राय, सर्लाही– राष्ट्रिय मुक्ति पार्टी
४. सूर्यमल यादव, सर्लाही– एकल चुनाव चिन्ह जाँतो
५. राजेन्द्र प्रसाद साह, पर्सा– श्रम संस्कृति पार्टी
६. राजदेव राम, सप्तरी– राष्ट्रिय परिवर्तन पार्टी
७. राजकुमार राजबंशी, झापा– नेपाल सदभावना पार्टी
८.शम्भुकुमार सिंह, रौतहट – नेपाल सदभावना पार्टी
९. सत्यदेवी चौधरी, रुपन्देही– जनमत पार्टी
१०. सुमित्रा मण्डल, सप्तरी– मितेरी पार्टी नेपाल
पच्चीस वर्ष उमेर पूरा नभएका
१. पूजा कुमारी चौधरी– प्रजातान्त्रिक पार्टी नेपाल
२. प्रियंका शर्मा– उन्नत लोकतन्त्र पार्टी
३. अस्मिता माया जिम्बा– नेपाली जनता दल
४. मुना प्रधान– एकल चुनाव चिन्ह मोबाइल
मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका
१. विमला स्वाँर, कैलाली– जनता लोकतान्त्रिक पार्टी
२. लालुराम जैसी, कैलाली– नेकपा संयुक्त
मतदाता नामावलीमा नाम नभएको
१. किरन देवी –नेपाली जनता दल (सिराहा)
महिला हुनुपर्नेमा पुरूष उम्मेदवार पेस भएको
१. सुनसर मुखिया बिन, रौतहट– नेपाल मजदुर किसान पार्टी

