बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी स्थानीय प्रशासनले आह्वान गरेसँगै बैतडीका ४०७ जनाले प्रहरी प्रशासनलाई हातहतियार बुझाएका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार जिल्लामा एक हजार ८६ थान हातहतियार रहेकामा हालसम्म ४०७ थान मात्र प्राप्त भएका छन् । उनले बाँकी हतियार बुझाउन सम्बद्ध व्यक्तिसँग आग्रह गर्दै निर्धारित समयभित्र त्यसो नगरे कारबाही हुने चेतावनी दिएका छन् ।
प्रशासनलाई बुझाइएका सबै हातहतियार र गोलीगठ्ठा चैत २० गतेपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने जनाइएको छ । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासनले अनुमतिप्राप्त हातहतियार बुझाउन आग्रह गरिएको हो ।

