युरोपमा रोजगारी मिलाइदिने भन्दै लाखौँ असुल्ने चार जना पक्राउ

जस नेपाल

५ फागुन २०८२

युरोपमा रोजगारी मिलाइदिने भन्दै लाखौँ असुल्ने चार जना पक्राउ

काठमाडौँ । आकर्षक तलबसहित युरोपियन मुलुकहरूमा रोजगारी मिलाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ उठाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

विभिन्न व्यक्तिलाई अष्ट्रिया, बेलायत, टर्की र रोमानिया पठाइदिने आश्वासन दिँदै रकम लिएको तर त्यसपछि सम्पर्कविहीन भएको उजुरी परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

अनुसन्धानका क्रममा एक जनाले अष्ट्रिया पठाइदिने भन्दै करिब ६ लाख रुपैयाँ, अर्की एक जनाले बेलायत पठाइदिने भन्दै दुई जनाबाट ५० लाख रुपैयाँ, तेस्रो व्यक्तिले टर्कीका लागि भन्दै दुई जनाबाट २ लाखभन्दा बढी र चौथोले रोमानिया पठाइदिने भन्दै दुई जनाबाट साढे ७ लाख रुपैयाँ लिएको खुलेको प्रहरीले जनाएको छ।

पीडितहरूको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौँका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने गिरोहप्रति सचेत रहन र आधिकारिक प्रक्रिया बाहिर रकम नदिन सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित खवर

डीएसपी उमाशंकर यादवको नियति : असारमा सम्मान, फागुनमा छानबिन

डीएसपी उमाशंकर यादवको नियति : असारमा सम्मान, फागुनमा छानबिन

काठमाडौँ । आफ्नो नाता पर्नेहरूलाई निर्वाचन प्रहरीका रूपमा भर्ना गराएर तालिम नदिई ड्युटीमा पनि...

माइली तामाङको कथा : म ठगिएँ हजुर !

माइली तामाङको कथा : म ठगिएँ हजुर !

काठमाडौँ । फागुन २१ को चुनावसँगै देश परिवर्तन भएको, नयाँ सरकार आएको अब जनताले...

पोखरीमा महिलाको शव फेला

पोखरीमा महिलाको शव फेला

सिरहा । सिरहाको औरही गाउँपालिका—५ स्थित एक पोखरीमा बुधवार एक महिलाको शव फेला परेको...

१३ वटा फर्ममा उपभोक्ता संरक्षण विभागको अनुगमन, २ वटालाई जरिवाना

१३ वटा फर्ममा उपभोक्ता संरक्षण विभागको अनुगमन, २ वटालाई जरिवाना

काठमाडौँ । नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले...