काठमाडौँमा एक महिनामा ९७६ अपराधका मुद्दा दर्ता, १५९ जघन्य प्रकृतिका

जस नेपाल

५ फागुन २०८२

काठमाडौँमा एक महिनामा ९७६ अपराधका मुद्दा दर्ता, १५९ जघन्य प्रकृतिका

काठमाडौँ । काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६ अपराधका मुद्दा दर्ता भएको छ । ती मुद्दामध्ये १५९ जघन्य तथा गम्भीर अपराधका रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

गत माघमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित २२ मुद्दा रहेका छन् । आर्थिक अपराधका भने ४६६ मुद्दा दर्ता भएको पनि प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अन्य विभिन्न प्रकारका गरेर ३४० मुद्दा दर्ता भएको पनि उनले बताए । यस बीचमा ‘विशेष अपरेसन’ चलाएर काठमाडौँमा मोटरसाइकलमा चढी सडकमा हिँड्ने व्यक्तिमाथि लुटपाट गर्ने १० जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ ।

फैसला कार्यान्वयनतर्फ भने ३६० जनालाई पक्राउ गरी उनीहरूबाट रु दुई करोड २० लाख जरिवाना असुलसमेत भएको प्रहरीले जानकारी दिएको छ । यस्तै चालु मुद्दातर्फ ७०९ जनालाई पक्राउ गरिएको छ । यसमा ६३७ पुरुष छन् ।

महिला बालबालिकासँगसम्बन्धित उजुरी घरेलु हिंसातर्फ १४९ र ठाडो निवेदन ४९ दर्ता हुन आएकामा घरेलु हिंसाका १३१ र ठाडो निवेदनमा ३६ मिलापत्र भएको प्रहरीले पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

काठमाडौँ । पोखरिया नगरपालिका, पर्साका कर्मचारीहरूले मिलेमतोमा अपाङ्गता परिचयपत्रको वर्ग सच्याएर एक व्यक्तिलाई सामाजिक...

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

चितवन । नारायणगढस्थित स्पा, होटल तथा मनोरञ्जन व्यवसायको तीव्र विस्तारसँगै आन्तरिक मानव बेचविखन र...

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका...

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको...