पशुपति क्षेत्रमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

जस नेपाल

६ फागुन २०८२

पशुपति क्षेत्रमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

काठमाडौँ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१३ चागल बस्दै आएका २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार श्रेष्ठले ड्युटीमा रहेका एक प्रहरीको छातीमा लात प्रहार गरेका थिए । घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो, तर सुरुआतमा आक्रमणकारीको पहिचान खुल्न सकेको थिएन ।

मंगलबार प्रहरीले सार्वजनिक सूचना जारी गर्दै ती युवकको पहिचानका लागि सर्वसाधारणसँग सहयोग मागेको थियो । त्यसपछि संकलित सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

रवि लामिछाने तारिख बुझ्न काठमाडौँ जिल्ला अदालतमा हाजिर

रवि लामिछाने तारिख बुझ्न काठमाडौँ जिल्ला अदालतमा हाजिर

काठमाडौँ । रवि लामिछाने मंगलबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी...

भोजपुरको कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना परिचालन

भोजपुरको कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना परिचालन

भोजपुर । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले भोजपुरको कारागार र विमानस्थल...

निर्वाचन नजिकिएसँगै सुदूरपश्चिमका ७ जिल्ला कारागारमा सेना परिचालन

निर्वाचन नजिकिएसँगै सुदूरपश्चिमका ७ जिल्ला कारागारमा सेना परिचालन

महेन्द्रनगर । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका सात जिल्लाको...

आचारसंहिता उल्लङ्घन गरेको भन्दै सेतोपाटीलाई कारबाही गर्न आयोगको पत्र

आचारसंहिता उल्लङ्घन गरेको भन्दै सेतोपाटीलाई कारबाही गर्न आयोगको पत्र

काठमाडौँ । आगामी निर्वाचनको सन्दर्भमा प्रकाशित समाचारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै निर्वाचन...