‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

जस नेपाल

७ फागुन २०८२

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ ।

आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाएर जारी गरेको हो । कार्यविधिअनुसार आयोगले स्थायी मतदाता नामावली सङ्कलन गर्ने कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ । सो सूचना आयोगले आवश्यकताअनुसार राष्ट्रियस्तरका सञ्चारमाध्यमबाट समेत प्रकाशन तथा प्रसारण गर्न सक्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम स्थायी मतदाता नामावलीमा समावेश हुनेछ ।

निर्वाचन आयोगले जारी गरेको उक्त कार्यविधिअनुसार कुनै व्यक्तिको नाम छुटेको वा कुनै मतदाताको नाम वा विवरणमा कुनै त्रुटि भएमा सम्बन्धित व्यक्तिले आफ्नो नाम समावेश गराउन वा त्रुटि सच्याउन प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’-

सम्बन्धित खवर

एआईले बनाएका दिग्भ्रमित पार्ने सामग्री प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

एआईले बनाएका दिग्भ्रमित पार्ने सामग्री प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले...

तलब कटौती गर्न खोजेको भन्दै निर्वाचन प्रहरीले घेरे हुम्ला प्रशासन

तलब कटौती गर्न खोजेको भन्दै निर्वाचन प्रहरीले घेरे हुम्ला प्रशासन

हुम्ला । तोकिएभन्दा कम तलब दिन लागेको भन्दै निर्वाचन (म्यादी) प्रहरीले जिल्ला प्रशासन कार्यालय, हुम्लामा...

कानूनले चिन्दैन रास्वपाको ‘नागरिक करार’

कानूनले चिन्दैन रास्वपाको ‘नागरिक करार’

दुई वा सोभन्दा बढी पक्षबीच कुनै निश्चित काम गर्न वा नगर्न कानूनद्वारा कार्यान्वयन गर्न...

निर्वाचन १७ दिन बाँकी : आजदेखि प्रचार–प्रसार गर्न पाइने

निर्वाचन १७ दिन बाँकी : आजदेखि प्रचार–प्रसार गर्न पाइने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ...