काठमाडौँ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बस धादिङको भैँसीगौँडामा दुर्घटना हुँदा ठूलो सङ्ख्यामा मानवीय हताहती भएपछि सरकारले दुर्घटना छानबिन गर्न कार्यदल गठन गरेको छ ।
सहसचिव संयोजकत्वको पाँच सदस्यीय कार्यदलले दुर्घटनाको कारण, राजमार्गको अवस्था र समस्या समाधानका उपाय सुझाउने गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
सोमबार बिहान भएको उक्त दुर्घटनामा हालसम्म १९ जनाले ज्यान गुमाइसकेका छन्, २५ यात्रु घाइते छन् । काठमाडौँस्थित ट्रमा सेन्टरमा ल्याएर घाइतेहरूको उपचार थालिएको छ ।
छानबिन कार्यदल गठन गर्न गृहमन्त्री ओमप्रकाश अर्यालले विभागीय मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरूसँग बैठक गरेका थिए ।
सडक दुर्घटनामा नेपालमा दैनिक औषत सात जनाको ज्यान जाने प्रहरीको तथ्याङ्क छ । सडक दुर्घटनाको मुख्य कारण जोखिमयुक्त सडक, पुराना सवारीसाधनको यान्त्रिक कमजोरी र यातायात व्यवसायी तथा चालक/सहचालकको लापरवाही रहिआएको छ ।
ताजा अपडेट
धादिङमा भएको बस दुर्घटना छानबिन गर्न सरकारी कार्यदल गठन
११ फागुन २०८२टिकटकर तुलसा अधिकारीविरुद्ध तीन कसुरमा अनुसन्धान सुरु
११ फागुन २०८२व्यक्तिको शासन कि कानूनको ? यसो भन्छन् भारतीय न्यायाधीश
११ फागुन २०८२
