डीएसपी उमाशंकर यादवको नियति : असारमा सम्मान, फागुनमा छानबिन

जस नेपाल

१ चैत २०८२

डीएसपी उमाशंकर यादवको नियति : असारमा सम्मान, फागुनमा छानबिन

काठमाडौँ । आफ्नो नाता पर्नेहरूलाई निर्वाचन प्रहरीका रूपमा भर्ना गराएर तालिम नदिई ड्युटीमा पनि परिचालन नगरी सेवा–सुविधा दिएको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवमाथि छानबिन सुरु गरिएको छ ।

छानबिनका लागि उनलाई रुकुम पूर्वको जिम्मेवारीबाट हटाएर लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा हाजिर गराइएको छ । प्रदेश प्रहरी कार्यालयले घटनाको सत्यतथ्य पत्ता लगाउन एसपी पुष्प मल्लको नेतृत्वमा छानबिन समिति गठन गरेको जनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी भूपेन्द्र खत्रीका अनुसार छानबिन प्रक्रिया जारी रहेकाले डीएसपी यादवलाई अस्थायी रूपमा जिल्लाबाट प्रदेश कार्यालयमा झिकाइएको हो ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भर्ना गरिएका तीन जना निर्वाचन प्रहरीलाई लिएर विवाद उत्पन्न भएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको हो । ती प्रहरीहरूलाई भर्ना गरिए पनि तालिम नदिइएको र ड्युटीमा समेत नखटाइएको भन्दै उनीहरूले विरोध जनाएपछि विषय सार्वजनिक भएको बताइएको छ ।

हाल रुकुम पूर्वमा डीएसपी केशव ज्ञवालीलाई पठाइएको छ । उनी यसअघि लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए । डीएसपी यादव भने बाराका स्थानीय हुन् ।

प्राथमिक जानकारीअनुसार यादवले आफ्नै नातासम्बन्ध पर्ने व्यक्तिहरूलाई बाराबाट रुकुम पूर्व बोलाएर निर्वाचन प्रहरीमा भर्ना गरेको र उनीहरूलाई नियमित प्रक्रिया अनुसार परिचालन नगरेको आरोप लागेको छ ।

यसअघि २०८२ असार अन्तिमतिर डीएसपी यादवलाई इमान्दारीपूर्वक कार्यसम्पादन गरेको भन्दै प्रदेश प्रहरीले सम्मानसमेत गरेको थियो ।

सम्बन्धित खवर

काठमाडौँमा कोठा खोज्ने नाममा विद्यार्थीमाथि ठगी

काठमाडौँमा कोठा खोज्ने नाममा विद्यार्थीमाथि ठगी

काठमाडौँ उपत्यकामा कोठा खोजिदिने नाममा रकम असुल्ने गिरोहको गतिविधि बढ्दो क्रममा रहेको पाइएको छ।...

हेल्लो सरकार ! बानेश्वरबाट लुटिएको १८ किलो सुनचाँदी र ५ करोड नगद खोई ?

हेल्लो सरकार ! बानेश्वरबाट लुटिएको १८ किलो सुनचाँदी र ५ करोड नगद खोई ?

काठमाडौँ । यतिबेला सुन र सरकारको चर्चा सामाजिक सञ्जालमा व्यापक छ । प्रधानमन्त्री र...

पोखरामा एकल महिला हत्या प्रकरण : अंश विवाद र पारिवारिक कलहले निम्त्याएको विभत्स हत्या

पोखरामा एकल महिला हत्या प्रकरण : अंश विवाद र पारिवारिक कलहले निम्त्याएको विभत्स हत्या

पोखरा । यसैसाता पोखरामा एकल महिलाको बीच बजारमै भएको विभत्स हत्यापछि प्रहरी अनुसन्धानले पारिवारिक...

वैदेशिक रोजगारीको प्रलोभनमा पारि करिब ९२ लाख ठगी, दुई जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा पारि करिब ९२ लाख ठगी, दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर रु ९१ लाख ९०...