महान्यायाधिवक्ता सबिता भण्डारीद्वारा पदबाट राजीनामा

जस नेपाल

१३ चैत २०८२

काठमाडौँ । महान्यायाधिवक्ता सबिता भण्डारीले पदबाट राजीनामा दिएकी छन् । उनले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाएको महान्यायाधिवक्ता कार्यालय स्राेतले जस नेपाललाई जानकारी दिएकाे छ ।

स्राेतका अनुसार महान्यायाधिवक्ता भण्डारीले नयाँ सरकार बनेसँगै आफ्नो पदबाट अलग हुने निर्णयसहित राजीनामा पेस गरेकी हुन्।

उनी अन्तरिम सरकारका समयमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीद्वारा गत भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्त भएकी थिइन्।

नवनियुक्त प्रधानमन्त्री शाहले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ नेतृत्व आएको र आफूलाई नियुक्त गर्ने सरकार बाहिरिएसँगै भण्डारीले पद छाड्ने निर्णय लिएको बुझिएको छ।

नेपालकी पहिलो महिला महान्यायाधिवक्ता भण्डारीको कार्यकाल केही विवादित रहेको थियो । किशोरी डिम्ब तस्करी प्रकरण, रवि लामिछानेको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधको मुद्दा संशोधन र वोर्डलिंकको कर सम्बन्धमा उनी विवादबाट अलग रहन सकिनन् ।

याे पनि –

सम्बन्धित खवर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

काठमाडौँ । सर्वोच्च अदालतले शेरबहादुर देउवा समूह र नेपाली कांग्रेसको संस्थापन पक्षबीचको मुद्दामा पुनरावलोकनको अनुमति...

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेससम्बन्धी निर्वाचन...

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

काठमाडौँ । उदयपुर, गाईघाट निवासी राधा दाहाल यसैसाता गृहमन्त्री सुधन गुरुङलाई भेट्ने भन्दै सिंहदरबारको...

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारले गत वैशाखमा संसद् अधिवेशन रोकेर ल्याएका चार अध्यादेशसहित...