रवि लामिछानेको मुद्दा : जिल्लाको तारेख बैशाख १४, सर्वोच्चमा सुनुवाई जारी

जस नेपाल

१५ चैत २०८२

रवि लामिछानेको मुद्दा : जिल्लाको तारेख बैशाख १४, सर्वोच्चमा सुनुवाई जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी सर्वोच्च अदालतमा चलिरहेको मुद्दाको सुनुवाई आइतबार जारी छ ।

काठमाडौँ जिल्ला अदालतमा चलिरहेको सहकारी ठगी सम्बन्धी मुद्दाको भने बैशाख १४ गते तारेख तोकिएको छ ।

लामिछाने मुद्दाको तारेख बुझ्न आइतबार काठमाडौं जिल्ला अदालत गएका थिए ।

काठमाडौंस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोरखा मिडियामा ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको आरोपसहित काठमाडौं जिल्ला अदालतमा रविविरुद्ध संगठित अपराध र सहकारी ठगीको मुद्दा चलिरहेको छ।
उता, सुशीला कार्की नेतृत्वको सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत् रविको अभियोजन फिर्ता दिने निर्णय गएको थियो । त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आइतबार सुनुवाई भइरहेको छ ।

नियमित सुनुवाई भइरहेको यो रिटलाई हेर्दाहेर्दैमा राखेर न्यायाधीशद्वय बिनोद शर्मा र अव्दुल अजीज मुसलमानले सुनुवाई गरिरहेका छन् ।

यो पनि-

रविले सपथ खाँदा अदालत हेरेको हेर्‍यै !

 

सम्बन्धित खवर

एलएल.बी.नै नसकी वकील बन्न खोज्दा !

एलएल.बी.नै नसकी वकील बन्न खोज्दा !

नयाँ दिल्ली । गुजरात उच्च अदालतले वकिलको नक्कल गरेको आरोपमा एकजना कानूनकी विद्यार्थीको अग्रिम...

‘प्रधानन्यायाधीशको नियुक्ति अपवादजन्य अवस्था बाहेक बरिष्ठता मिचिनुहुँदैन’

‘प्रधानन्यायाधीशको नियुक्ति अपवादजन्य अवस्था बाहेक बरिष्ठता मिचिनुहुँदैन’

काठमाडौँ । फागुन २१ को निर्वाचनपछि बनेको नयाँ राजनीतिक परिस्थिति र नयाँ सरकार गठनसँगै...

प्रधानन्यायाधीशको नियुक्ति : सपना प्रधानको विकल्प खोज्न मिल्छ ?

प्रधानन्यायाधीशको नियुक्ति : सपना प्रधानको विकल्प खोज्न मिल्छ ?

काठमाडौँ । सर्वोच्च अदालतमा अहिले प्रधानन्यायाधीशको पद रिक्त अवस्थामा छ । चैत १८ गतेदेखि...

सर्वोच्चमा कांग्रेसको मुद्दा : अर्को पेशी बैशाख ३ गते

सर्वोच्चमा कांग्रेसको मुद्दा : अर्को पेशी बैशाख ३ गते

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादलाई लिएर परेको रिटको अर्को पेशी आगामी बैशाख ३...