सालीनदीमा प्रहरी र लागुऔषध कारोबारीबीच झडप

जस नेपाल

१३ वैशाख २०८३

सालीनदीमा प्रहरी र लागुऔषध कारोबारीबीच झडप

काठमाडौँ । एक जना शङ्कास्पद लागुपदार्थ कारोबारीले सालीनदीमा प्रहरी टोलीमाथि आक्रमण गरेको छ । शङ्खरापुर नगरपालिका–५ सालीनदी किनारबाट एकथान पेस्तोल, त्यसमा प्रयोग हुने एउटा ‘म्याग्जिन’ तीन ‘राउण्ड’ गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको बकैया गाउँपालिका–३ का ३५ वर्षीय राम भन्ने जीवन जिम्बा र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का ३४ वर्षीय वीरबहादुर तामाङलाई शुक्रबार पक्राउ गरिएको हो । उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा जीवनले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेपश्चात् प्रहरीले जवाफी ‘फायर’ गर्दा घाइते भएका निजको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार अन्य दुई जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर

हिरासतमा कैदीकाे मृत्युविरुद्धको रिट : सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ (आदेश सहित )

हिरासतमा कैदीकाे मृत्युविरुद्धको रिट : सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ (आदेश सहित )

काठमाडौँ । राज्यको नियन्त्रणमा रहेका नागरिकहरूको जीवन सुरक्षा सुनिश्चित गर्न माग गर्दै दायर परमादेशको...

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौँ ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका-९ भीमानबाट खैरो हेरोइनजस्तो देखिने...

दुई सय सात किलो गाँजासहित एक जना पक्राउ

दुई सय सात किलो गाँजासहित एक जना पक्राउ

काठमाडौँ।नियमित गस्तीमा रहेको प्रहरीको टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका-५ बाट २०७ किलोग्राम गाँजासहित एक जनालाई...

म्यागङ गाउँपालिकाका आईटी अधिकृत एक लाख घुससहित पक्राउ

म्यागङ गाउँपालिकाका आईटी अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङलाई...