ल क्याम्पसमा अनेरास्ववियुकाे पनि छुट्टै निःशुल्क एल.एल.बी. तयारी कक्षा

जस नेपाल

१५ वैशाख २०८३

ल क्याम्पसमा अनेरास्ववियुकाे पनि छुट्टै निःशुल्क एल.एल.बी. तयारी कक्षा

काठमाडौं । एल.एल.बी. प्रवेश परीक्षा तयारीलाई लक्षित गर्दै अनेरास्ववियु नेपाल ल क्याम्पसले पनि छुट्टै  निःशुल्क तयारी कक्षा सञ्चालनमा ल्याएको छ । स्ववियु सदस्यसमेत रहेका अनेरास्ववियुका मुनाल न्यौपानेका अनुसार बैशाख ७ गतेबाट नै भौतिक तथा अनलाइन दुवै माध्यमबाट कक्षा सञ्चालन भइरहेको छ ।

उनका अनुसार भौतिक कक्षा बिहान साढे ६ बजेदेखि सुरु हुने गर्दछ भने अनलाइन कक्षा बेलुका ७ बजेदेखि सञ्चालन भइरहेको छ । दुवै कक्षा २/२ घण्टाकाे हुने र भाैतिक कक्षा क्याम्पस परिसर भित्रै हुने बताइएकाे छ ।

प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरी नियमित कक्षा, अभ्यास तथा मार्गदर्शन प्रदान गरिँदै आएको उनले बताए । न्यौपानेका अनुसार अघिल्लो वर्ष कक्षा लिएका विद्यार्थीमध्ये करिब ३०० जना नाम निकाल्न सफल भएका थिए, जसले कार्यक्रमको प्रभावकारिता देखाएको उनको दाबी छ । कक्षा लिन चाहाने विद्यार्थीले Whatsapp ग्रुप मार्फत जाेडिन सकिने उनकाे भनाई छ ।

साथै नेपाल विद्यार्थी संघ (ने‍.वि.संघ) ले पनि नेपाल ल क्याम्पसमा निःशुल्क तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।

याे पनि पढ्नुस् :

 

 

सम्बन्धित खवर

गणेश नेपालीका परिवारसँग नौ बुँदे सहमति, पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति बन्ने

गणेश नेपालीका परिवारसँग नौ बुँदे सहमति, पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति बन्ने

काठमाडाैँ । आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीका परिवार, नेपाल सरकार...

सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको औचित्यमाथि प्रश्न

सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको औचित्यमाथि प्रश्न

काठमाडौँ । सार्वजनिक पदमा बसेका उच्चपदस्थ राजनीतिक नेतृत्व, कर्मचारी तथा अन्य पदाधिकारीको सम्पत्ति छानबिन...

संविधान संशोधन गरेर व्यवस्था फेरिँदैन

संविधान संशोधन गरेर व्यवस्था फेरिँदैन

वास्तवमा मेरो अध्ययन र ल प्राक्टिसको लामै अवधि भन्नुपर्छ। पुरानो अध्ययन हो मेरो ।...

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...