वैदेशिक रोजगारी ठगी मुद्दामा कैद तोकिएकी १८ वर्षीया युवती पक्राउ

जस नेपाल

२१ वैशाख २०८३

वैदेशिक रोजगारी ठगी मुद्दामा कैद तोकिएकी १८ वर्षीया युवती पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी ठगी मुद्दामा अदालतबाट एक वर्ष छ महिना कैद र एक लाख ४५ हजार रुपैयाँ जरिवाना तोकिएकी १८ वर्षीया रोशना चापागाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चापागाईंलाई भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नं ५ कमेरोटारस्थित आफ्नै घरबाट २०८१ असोज १९ गते पक्राउ गरिएको हो । अदालतको फैसला भएपछि फरार रहेकी उनलाई गोप्य सूचनाको आधारमा खोजतलास गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतले २०८१ वैशाख ३० गते वैदेशिक रोजगारी ठगीसम्बन्धी मुद्दामा रोशना चापागाईंलाई दोषी ठहर गर्दै उक्त सजाय सुनाएको थियो । नेपाल सरकारका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको उक्त मुद्दामा अदालतले फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरी उपस्थित गराउन निर्देशन दिएको थियो ।

पक्राउपछि रोशनालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने व्यक्तिहरूविरुद्ध निरन्तर अनुसन्धान र खोजी अभियान सञ्चालन गर्दै आएको जानकारी दिएको छ ।

सम्बन्धित खवर

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा...

वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम...

जबर्जस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ, ५ दिन हिरासत राख्न अनुमति

जबर्जस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ, ५ दिन हिरासत राख्न अनुमति

जुम्ला । जबर्जस्ती करणी गरेको आरोपमा जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष...

१० वटा सहकारीको ऋण नतिर्ने ९१ जनाको नाम सार्वजनिक (सूचीसहित)

१० वटा सहकारीको ऋण नतिर्ने ९१ जनाको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त १० वटा सहकारीका ९१ जना ठूला ऋणीहरूको...