प्रधानन्यायाधीशमा मनाेज शर्माकाे नाम सिफारिस

जस नेपाल

२४ वैशाख २०८३

प्रधानन्यायाधीशमा मनाेज शर्माकाे नाम सिफारिस

काठमाडौँ । प्रधानन्यायाधीशमा डा‍. मनाेजकुमार शर्माकाे नाम सिफारिस भएकाे छ ।

बिहीबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई  नयाँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

शर्मा चौथो बरियताका न्यायाधीश हुन् ।

परिषदको बैठकले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाल भन्दा पछाडिको बरियतामा रहेका शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको हो ।

बरियता मिचेर शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको भन्दै संवैधानिक परिषदका सदस्य नारायणप्रसाद दाहाल र भीष्मराज आङदेम्बेले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

शर्माको सिफारिस भएसँगै उक्त निर्णय अब संसदीय सुनुवाइ समितिमा जाने छ ।

संवैधानिक परिषद्को सिफारिस संसदीय समितिले ४५ दिनभित्र अनुमोदन गरेपछि राष्ट्रपतिले  प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

न्याय परिषदले ६ जना न्यायाधीशहरुलाई प्रधान न्यायाधीशका लागि योग्य ठहर्‍याएको थियो । जसको पहिलो नम्बरमा सपना प्रधान मल्ल थिइन् भने दोस्रो बरियतामा कुमार रेग्मी, तेस्रोमा हरिप्रसाद फुयाल, चौथोमा डा. मनोजकुमार शर्मा, पाँचौंमा डा. नहकुल सुवेदी र छैठौं नम्बरमा तिलप्रसाद श्रेष्ठ थिए ।

विगतमा सर्वोच्च अदालतमा चल्दै आएको परम्पराअनुसार अपवादलाई छाडेर बरिष्ठलाई नै प्रधान न्यायाधीश बनाउने प्रचलन थियो । तर, बालेन सरकारले अदालतको यो प्रचलनलाई तोडेर चौथो बरियताका न्यायायाधीशलाई प्रधान न्यायायाधीश बनाउन चाहेको छ । प्रधानमन्त्री शाहको चाहना अनुसार परिषदले नै शर्माको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

उच्च स्रोतका अनुसार प्रधानन्यायाधीश कसलाई बनाउने भन्नेमा रास्वपाभित्रै दुई धार देखिएको थियो । सभापति रवि लामिछाने अदालतको परम्परा तोड्न नहुने पक्षमा थिए भने प्रधानमन्त्री बालेन पार्टी सभापतिभन्दा फरक धारमा उभिएका थिए । अन्तततः बालेनको चाहना अनुसार नै चौथो बरियताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको छ ।

यो पनि-

संसदीय सुनुवाइमा पनि  बालेनकै बोलवाला

प्रधानन्यायाधीश नियुक्ति : रास्वपाभित्रै दुई धार

सम्बन्धित खवर

टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर अदालतको आदेश

टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर अदालतको आदेश

काठमाडौँ ।  ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा टिकटकर तुल्सा अधिकारीलाई ललितपुर जिल्ला...

समयमै न्यायाधीश नियुक्ति गर्न न्याय परिषद्लाई सर्वोच्चको परमादेश (पूर्णपाठ)

समयमै न्यायाधीश नियुक्ति गर्न न्याय परिषद्लाई सर्वोच्चको परमादेश (पूर्णपाठ)

काठमाडौँ । सर्वोच्च अदालतले न्याय परिषद्लाई संविधान र कानूनले तोकेको समयसीमाभित्र न्यायाधीश नियुक्तिको सिफारिस...

छानबिन आयोगमा सम्पत्ति विवरण पेश नगर्ने पूर्व  न्यायाधीश फोरमको निर्णय

छानबिन आयोगमा सम्पत्ति विवरण पेश नगर्ने पूर्व न्यायाधीश फोरमको निर्णय

काठमाडौँ  । पूर्व न्यायाधीश फोरम नेपालले निवृत्त न्यायाधीशहरूले नयाँ गठित सम्पत्ति छानबिन आयोगमा सम्पत्ति...

न्याय प्रणालीको सुधार गर्न बार र बेञ्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

न्याय प्रणालीको सुधार गर्न बार र बेञ्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेञ्चको सहकार्य...