प्रधानन्यायाधीश नियुक्ति : रास्वपाभित्रै दुई धार

जस नेपाल

२४ वैशाख २०८३

प्रधानन्यायाधीश नियुक्ति : रास्वपाभित्रै दुई धार

काठमाडौँ । नयाँ प्रधानन्यायाधीशको नाम सिफरिसका लागि विहीबार साँझ सिंहदबारमा संवैधानिक परिषदको बैठक शुरु भएको छ ।

बैठकमा परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह र सदस्यका रुपमा सभामुख डीपी अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, विपक्षी दलका नेता भीष्मराज आङदेम्बे, कानूनमन्त्री सोबिता गौतम र उपसभामुख रुवी कुमारी सहभागी छन् ।

संवैधानिक परिषदमा प्रधानन्यायाधीश सदस्यका रुपमा रहने भएता पनि प्रधानन्यायाधीशको सिफरिस गर्ने बैठकमा भने कानूनमन्त्री सदस्यका रुपमा रहने संविधानको धारा २८४ को (३) मा व्यवस्था रहेको छ । यही व्यवस्था अनुसार बैठकमा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको साटो कानूनमन्त्री गौतम सहभागी बनेकी हुन् ।

न्याया परिषदले तयार पारेको योग्यतासम्बन्धी रोष्टरमा सर्वोच्च अदालतका ६ जना न्यायाधीशलाई प्रधानन्यायाधीशका लागि योग्य ठहर्‍याइएको छ । परिषदले यिनै ६ जनामध्येबाट एकजनालाई प्रधानन्यायधीशका रुपमा सिफारिस गर्नेछ ।

प्रधानन्यायाधीशका लागि योग्यतम् ६ न्यायाधीशहरुमा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ छन् । सर्वोच्च अदालतको परम्पराअनुसार बरिष्ठतमलाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्ने प्रचलन छ ।

संवैधानिक परिषदले सिफारिस गरेको नामलाई ४५ दिनभित्र संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि नियुक्तिका लागि राष्ट्रपतिसमक्ष पठाइने संवैधानिक व्यवस्था छ ।

संसदीय सुनुवाइ समितिमा १५ जना सदस्य रहन्छन्, जहाँ रास्वपाका बहुमत (८ जना) सांसद छन् । यो अंकगणितका आधारमा हेर्दा परिषदले सिफारिस गरेको नामलाई सुनुवाई समितिले सदर गर्ने सम्भावना बढी छ ।

रास्वपाभित्रै दुई धार

उच्च स्रोतबाट प्राप्त जानकारी अनुसार कसलाई प्रधानन्यायाधीश बनाउने भन्ने विषयमा रास्वपाका नेताहरुबीच मत बाझिएको छ ।

सभापति रवि लामिछाने निकटका नेताहरु अदालतको परम्परालाई नबिथोली सपना प्रधान मल्ललाई नै सिफारिस गरिनुपर्ने पक्षमा छन् भने प्रधानमन्त्री बालेन्द्र शाहचाहिँ सिनियर तीनजना न्यायायाधीशहरुलाई बाइपास गरेर परम्परा तोड्नुपर्ने पक्षमा उभिएका छन् ।

संवैधानिक परिषदमा रास्वपाका तीनजना प्रतिनिधि छन्– बालेन्द्र शाह, डीपी अर्याल र सोबिता गौतम ।

अब संवैधानिक परिषदले पार्टीको भावना अनुसार निर्णय गर्छ या प्रधानमन्त्री बालेन्द्र शाहको इच्छाअनुसार निर्णय गर्छ, त्यो केहीबेर पछि नै थाहा हुनेछ ।

याे पनि – ब्रेकिङ : प्रधानन्यायाधीशमा मनाेज शर्माकाे नाम सिफारिस

सम्बन्धित खवर

कानूनको अभ्यासमा एआईको प्रयोग

कानूनको अभ्यासमा एआईको प्रयोग

झापा । झापाको भद्रपुरमा कानून व्यवसायी र कानूनका विद्यार्थीबीच ‘कानूनको अभ्यासमा एआईको प्रयोग’ विषयक...

डुबाएर मोबाइल नष्ट : कुन कानूनले दियाे मधेशकी तत्कालीन शिक्षा मन्त्रीलाई निजी सम्पत्ति मास्ने आधार ?

डुबाएर मोबाइल नष्ट : कुन कानूनले दियाे मधेशकी तत्कालीन शिक्षा मन्त्रीलाई निजी सम्पत्ति मास्ने आधार ?

काठमाडौँ ।  जिल्ला प्रशासन कार्यालय सिराहाले गत चैतमा सम्पन्न एसईई र कक्षा १२ को...

महरा जोडिएको भेप सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका पूर्व नासु खड्का जेल चलान

महरा जोडिएको भेप सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका पूर्व नासु खड्का जेल चलान

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा समेत जोडिएको भेपमार्फत सुन तस्करी प्रकरणमा विशेष अदालतले त्रिभुवन...

किर्ते नियुक्ति पत्र बनाउने दुई कर्मचारीलाई तीन महिना कैद गर्न विशेषको आदेश

किर्ते नियुक्ति पत्र बनाउने दुई कर्मचारीलाई तीन महिना कैद गर्न विशेषको आदेश

काठमाडौँ । विशेष अदालतले गलत लिखत तयार गरी भ्रष्टाचार गरेको ठहर गर्दै हरिपूर्वा नगरपालिकाका...