नयाँ वकीलकाे ‘तालिम’ जेठ १६ देखि हुने

जस नेपाल

७ जेठ २०८३

नयाँ वकीलकाे ‘तालिम’ जेठ १६ देखि हुने

काठमाडौँ । कानूनमा स्नातक उत्तीर्ण गरी अधिवक्ताको परीक्षा उत्तीर्ण गरेका नयाँ कानून व्यवसायीलाई नेपाल कानून व्यवसायी परिषद (बार काउन्सिल) ले हरेक वर्ष सातवटै प्रदेशमा अभिमुखीकरण तालिम दिँदै आएको छ ।

यस वर्ष नयाँ कानून व्यावसायीहरुको अभिमुखीकरण तालिम कार्यक्रम जेठ १६ गतेदेखि हुने भएको छ ।

परिषद्ले ३४औं अधिवक्ता परीक्षाबाट उत्तीर्ण भएका नवप्रवेशी कानून व्यवसायीहरूका लागि पूर्वव्यवसायिक अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको हो । 

६ वटा प्रदेशमा जेठ १६ र १७ गते हुने छ भने बागमती प्रदेशमा जेठ १७ र १८ गते अभिमुखीकरण कार्यक्रम तय भएको बार काउन्सिलले जनाएको छ ।

यसअघि मधेस प्रदेशको कार्यक्रम जेठ १७ र १८ गते तोकिएकोमा मधेसको कार्यक्रम पनि जेठ १६ र १७ गते नै हुने जनाइएको छ ।

– कोशी प्रदेश : इटहरी पार्टी प्यालेस, बालग्राम चोक, इटहरी (समय: बिहान ८:०० बजेदेखि), सम्पर्क: राजु ढकाल (९८५२०४६४७७)

– मधेश प्रदेश : जेठ १६ र १७ गते  । जनकपुरधाम (समय : बिहान ७:३० बजेदेखि) सम्पर्क : संजिव कुमार मल्लिक (९८५५०४४९९७)

– बागमती प्रदेश- जेठ १७ र १८ गते  । नेपाल पुलिस क्लब भृकुटीमन्डप (समय : बिहान ७:३० बजेदेखि) सम्पर्क :  (५२६९८८४/ ५२६८९६४)

– गण्डकी प्रदेश : जेठ १६ र १७ गते  । उच्च अदालत बार एशोसिएशन, पोखरा (समय : बिहान ८:०० बजेदेखि), सम्पर्क: दयाराम गौतम (९८५६०२०९३३)

– लुम्बिनी प्रदेश : जेठ १६ र १७ गते  ।  नेपालगञ्ज (समय : बिहान ८: ०० बजेदेखि), सम्पर्क: इश्वरी प्रसाद ज्ञवाली (९८५८०२३३७६)

– कर्णाली प्रदेश :जेठ १६ र १७ गते  । होटल सिद्धार्थ, वीरेन्द्रनगर (समय : बिहान ८:०० बजेदेखि), सम्पर्क: मातृका प्रसाद खनाल (९८५८०२३२६४)

-सुदूरपश्चिम प्रदेश : जेठ १६ र १७ गते  । महेन्द्रनगर (समय : बिहान ८:०० बजेदेखि), सम्पर्क: टेक बहादुर कठायत (९८४८७२१५१२)

हेर्नुहोस् सूचना –

CamScanner 05-20-2026 16.23

सम्बन्धित खवर

गणेश नेपालीका परिवारसँग नौ बुँदे सहमति, पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति बन्ने

गणेश नेपालीका परिवारसँग नौ बुँदे सहमति, पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति बन्ने

काठमाडाैँ । आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीका परिवार, नेपाल सरकार...

सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको औचित्यमाथि प्रश्न

सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको औचित्यमाथि प्रश्न

काठमाडौँ । सार्वजनिक पदमा बसेका उच्चपदस्थ राजनीतिक नेतृत्व, कर्मचारी तथा अन्य पदाधिकारीको सम्पत्ति छानबिन...

संविधान संशोधन गरेर व्यवस्था फेरिँदैन

संविधान संशोधन गरेर व्यवस्था फेरिँदैन

वास्तवमा मेरो अध्ययन र ल प्राक्टिसको लामै अवधि भन्नुपर्छ। पुरानो अध्ययन हो मेरो ।...

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...