बाजुरा र हुम्लाको साँध विवाद : प्राविधिक अध्ययन गर्न सरकारी समिति गठन

जस नेपाल

१० जेठ २०८३

बाजुरा र हुम्लाको साँध विवाद : प्राविधिक अध्ययन गर्न सरकारी समिति गठन

काठमाडौँ । सरकारले बाजुरा र हुम्ला जिल्लाको सिमाना (साँध) सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार (२०८३ जेठ १० गते) सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक-एक जना प्रतिनिधि सदस्य रहनेछन् । त्यस्तै, नापी विभागका निर्देशकलाई समितिको सदस्य-सचिवको जिम्मेवारी दिइएको छ ।

हिमाली गाउँपालिका-३, लाम्पाटामा प्रहरी चौकी निर्माणबारे बाजुरातर्फ र हुम्लातर्फका बासिन्दाबीच विवाद चर्किएपछि जेठ ५ गते झडप भएको थियो । हुम्लाको खार्पुनाथ-२, थालीका स्थानीयले दुई जिल्ला बीचको साँधबारे विवाद गरेपछि दुई पक्ष झडपमा उत्रिएका थिए ।

लाम्पाटामा प्रहरी चौकी निर्माण गर्न सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, लाम्पाटा क्षेत्र विगतदेखि नै आफूहरूले भोगचलन गर्दै आएको भन्दै खार्पुबासीले चौकी निर्माण गर्न नदिने अडान राख्दै आएका छन्‌ ।

सम्बन्धित खवर

गृहमा पुनः सुधन गुरुङ, दिउँसो ३ बजे शपथ

गृहमा पुनः सुधन गुरुङ, दिउँसो ३ बजे शपथ

काठमाडौँ । गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने भएका छन्...

मोबाइल नष्ट गरेको विरोधमा सिरहामा विद्यार्थी प्रदर्शन

मोबाइल नष्ट गरेको विरोधमा सिरहामा विद्यार्थी प्रदर्शन

काठमाडाैँ । सिरहामा परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन र स्मार्ट घडी नष्ट गरिएको...

नेपाल-भारत सीमा विवादबारे सर्वोच्चको त्यो फैसला…

नेपाल-भारत सीमा विवादबारे सर्वोच्चको त्यो फैसला…

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले संसदमा नेपाल-भारत सीमा मुद्दामा दिएको अभिव्यक्तिले हालै नेपालमा ठूलो...

सतर्कता केन्द्रको छड्के : करिब सात हजार सरकारी कर्मचारी समयमै पुग्दैनन् कार्यालय

सतर्कता केन्द्रको छड्के : करिब सात हजार सरकारी कर्मचारी समयमै पुग्दैनन् कार्यालय

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ । केन्द्रले...