मधेश प्रदेशका निलम्बित सांसद सिंह विशेष अदालतबाट भ्रष्टाचारी ठहर

जस नेपाल

२० जेठ २०८३

मधेश प्रदेशका निलम्बित सांसद सिंह विशेष अदालतबाट भ्रष्टाचारी ठहर

काठमाडौँ । मधेश प्रदेशसभाका निलम्बित सदस्य सरोजकुमार सिंहलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ४९ महिना कैद सजाय सुनाएको छ ।

विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले बुधवार सिंहलाई चार वर्ष एक महिना कैद र ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।

सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट घुस कमिसनबापत ३८ लाख ५० हजार १३९ रुपैयाँ लिएको आदेशमा उल्लेख छ । उक्त रकम लिएकोमा कुनै विवाद नरहेको भन्दै अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) तथा सोही दफाको खण्ड (छ) आकर्षित हुने निष्कर्ष निकालेको हो ।

फैसलाअनुसार वारदातको समयमा सिंह मधेश प्रदेश अन्तर्गत महोत्तरी क्षेत्र नं ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रहेकाले पदीय हैसियतको आधारमा भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप एक महिना कैद सजाय पनि हुने ठहर गरिएको हो ।

आदेशमा सिंहबाट भ्रष्टाचारजन्य रकम जफत गर्नसमेत भनिएको छ । साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार जरिवानाको आधारमा एक लाख ५४ हजार पाँच रुपैयाँ ५६ पैसा क्षतिपूर्ति असुल गरी पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश दिइएको छ ।

हेर्नुहाेस् आदेश :

सम्बन्धित खवर

टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर अदालतको आदेश

टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर अदालतको आदेश

काठमाडौँ ।  ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा टिकटकर तुल्सा अधिकारीलाई ललितपुर जिल्ला...

समयमै न्यायाधीश नियुक्ति गर्न न्याय परिषद्लाई सर्वोच्चको परमादेश (पूर्णपाठ)

समयमै न्यायाधीश नियुक्ति गर्न न्याय परिषद्लाई सर्वोच्चको परमादेश (पूर्णपाठ)

काठमाडौँ । सर्वोच्च अदालतले न्याय परिषद्लाई संविधान र कानूनले तोकेको समयसीमाभित्र न्यायाधीश नियुक्तिको सिफारिस...

छानबिन आयोगमा सम्पत्ति विवरण पेश नगर्ने पूर्व  न्यायाधीश फोरमको निर्णय

छानबिन आयोगमा सम्पत्ति विवरण पेश नगर्ने पूर्व न्यायाधीश फोरमको निर्णय

काठमाडौँ  । पूर्व न्यायाधीश फोरम नेपालले निवृत्त न्यायाधीशहरूले नयाँ गठित सम्पत्ति छानबिन आयोगमा सम्पत्ति...

न्याय प्रणालीको सुधार गर्न बार र बेञ्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

न्याय प्रणालीको सुधार गर्न बार र बेञ्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेञ्चको सहकार्य...