सुन तस्करी प्रकरण : विशेष अदालतले भन्यो – महरासँग १ लाख धरौटी माग्नु

जस नेपाल

१८ जेठ २०८३

सुन तस्करी प्रकरण : विशेष अदालतले भन्यो – महरासँग १ लाख धरौटी माग्नु

काठमाडौँ । भेपभित्र सुन तस्करी गरिएको प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरासँग विशेष अदालतले १ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले सोमबार थुनछेक बहसपछि महरालाई १ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत पेश गरी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित अन्य प्रतिवादीविरुद्ध भन्सार छलीमार्फत भेपभित्र लुकाएर ल्याइएको सुन प्रकरणमा ७ करोड ७८ लाख ६८ हजार रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

थुनछेक आदेशमा अदालतले हालसम्म प्राप्त प्रमाण, अनुसन्धानका क्रममा संकलित विवरण तथा प्रतिवादीको बयानलाई विचार गर्दा तत्काल थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको उल्लेख गरेको छ। यद्यपि, मुद्दाको थप परीक्षण आवश्यक देखिएकाले धरौटीमा छाड्ने आदेश गरिएको अदालतले जनाएको छ ।

हेर्नुहाेस् आदेश :

सम्बन्धित खवर

ट्राफिक चेकिङबाट चार लाख ९१ हजार राजस्व सङ्कलन, मापसे गरेका १५१ सवारी चालक कारबाहीमा

ट्राफिक चेकिङबाट चार लाख ९१ हजार राजस्व सङ्कलन, मापसे गरेका १५१ सवारी चालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका...

भरतपुर कारागारका ५० जना कैदीमा ‘भाइरल’ ज्वरो

भरतपुर कारागारका ५० जना कैदीमा ‘भाइरल’ ज्वरो

चितवन । भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । जिल्ला...

गैरकानुनी रुपमा विदेश पठाएको अभियोगमा छ जना पक्राउ

गैरकानुनी रुपमा विदेश पठाएको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका छन् ।...

कोशीमा बालविवाहका ३८ उजुरी दर्ता, मोरङमा सबैभन्दा बढी

कोशीमा बालविवाहका ३८ उजुरी दर्ता, मोरङमा सबैभन्दा बढी

झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी उजुरी...