जेनजी आन्दोलन : सुरक्षा संयन्त्रबारे अध्ययन गर्ने समितिको म्याद ४५ दिन थप

जस नेपाल

१९ जेठ २०८३

जेनजी आन्दोलन : सुरक्षा संयन्त्रबारे अध्ययन गर्ने समितिको म्याद ४५ दिन थप

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेस गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज मंगलबारको बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बाँस्तोला (कास्की)लाई नियुक्त गर्ने निर्णय गरेको छ । समितिको समस्याहरूमा अमिरप्रसाद न्यौपाने (काठमाडौँ), पद्मिनी सोती (लमजुङ) र डा रेहना श्रेष्ठ (काठमाडौँ) नियुक्त गरिएको जनाइएको छ ।

सरकारले संयुक्त राष्ट्रसङ्घ वातावरणीय कार्यक्रम (युएनइपी) बाट ओजन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोटेरल पोर्टोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्नेसमेत निर्णय गरिएको छ । बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर

ग्राहकको कपडा जलाउने ड्राइ क्लिनरलाई १४ हजार जरिवाना

ग्राहकको कपडा जलाउने ड्राइ क्लिनरलाई १४ हजार जरिवाना

काठमाडौँ । भारतको छत्तीसगढस्थित जिल्ला उपभोक्ता विवाद प्रतितोष आयोगले ग्राहकको शेरवानी (कपडा) इस्त्री गर्ने...

विवाहित छोरीलाई ‘मिलापत्र गर’ नभन्नू : इलाहाबाद उच्च अदालत

विवाहित छोरीलाई ‘मिलापत्र गर’ नभन्नू : इलाहाबाद उच्च अदालत

विवाहित छोरीले दहेज उत्पीडन वा घरेलु क्रूरताको गुनासो गर्दा परिवारले ‘मिलापत्र गर, समायोजन गर’...

मन्त्रीज्यू, यता छ प्रमाण ! कानून दिवसकै दिन सपना प्रधानले गरेकी थिइन् महाअभियोगको चर्चा

मन्त्रीज्यू, यता छ प्रमाण ! कानून दिवसकै दिन सपना प्रधानले गरेकी थिइन् महाअभियोगको चर्चा

काठमाडौँ । बालेन सरकार, कानूनमन्त्री सोविता गौतम अनि संसदीय समितिकी सभापति समीक्षा बास्कोटा यतिबेला...

बलात्कारसम्बन्धी फैसलामा ‘असहाय महिला’ जस्ता शब्द प्रयोग नगर्न भारतीय सर्वोच्च अदालतको निर्देशन

बलात्कारसम्बन्धी फैसलामा ‘असहाय महिला’ जस्ता शब्द प्रयोग नगर्न भारतीय सर्वोच्च अदालतको निर्देशन

काठमाडौँ । भारतको सर्वोच्च अदालतले बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी मुद्दाको फैसला लेख्दा लैङ्गिक पूर्वाग्रह...