लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

जस नेपाल

२४ जेठ २०८३

लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका ७ गोलचोकस्थितबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको टोलीले प्र १-०२-०५० प १९६० नं को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी-६ का २९ वर्षीय केशव श्रेष्ठको साथबाट १४ ग्राम ७२० मिलिग्राम र पछाडि सवार उर्लाबारी-५ का २४ वर्षीय निश्चल गुरुङका साथबाट नौ ग्राम ४०० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको जिल्ल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित खवर

मोबाइल नदिएको निहुँमा साथीको हत्या

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी । मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै...

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर । समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले सक्रियता बढाएको छ...

पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा

पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा

गण्डकी । कास्की प्रहरीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’अन्तर्गत स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने...

शिशुको डाइपरभित्र खैरो हेरोइन, चार जना पक्राउ

शिशुको डाइपरभित्र खैरो हेरोइन, चार जना पक्राउ

झापा ।  शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् ।...