सम्बन्धविच्छेद गर्दाका बखत जान्नुपर्ने पाँच तथ्य

जस नेपाल

२४ जेठ २०८३

काठमाडौँ । नेपालमा सम्बन्धविच्छेदका घटना तीव्र बढिरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र २४ हजार ५२२ जोडीले सम्बन्धविच्छेदको निवेदन दर्ता गरेका छन् । यो संख्या अहिलेसम्मकै उच्च हो ।

औसतमा दैनिक ९५ भन्दा बढी डिभोर्स मुद्दा अदालतमा दर्ता हुने गरेका छन् । मौजुदा ऐनबमोजिम सम्बन्धविच्छेद गर्न सम्बन्धित जिल्ला अदालत या स्थानीय तहको न्यायिक समितिमा निवेदन दिनुपर्छ ।

तर के, निवेदन दिँदैमा सम्बन्धविच्छेद सदर हुन्छ त ? कसैको दाम्पत्य जीवन कानूनी रूपमै अन्त्य गर्नेजस्तो विषयलाई कानूनले कसरी सम्बोधन गर्ने गरेको छ ?

मुलुकी देवानी संहिता, २०७४ (धारा ९३ देखि १०४) मा सम्बन्धविच्छेदको प्रक्रिया र अधिकारबारे स्पष्ट व्यवस्था छ । जसअनुसार सम्बन्धविच्छेदका दुई बाटाहरू छन्‌ :

  • आपसी सहमतिमा (Mutual Consent Divorce) : दुवै पक्ष सहमत भएमा छिटो प्रक्रियाबाट सम्बन्धविच्छेद गर्न सकिन्छ । विशेष कारण देखाउनु पर्दैन ।
  • एकपक्षीय (Contested Divorce) एक पक्षले मात्र चाहे पनि अदालतबाट सम्बन्धविच्छेद गर्न सकिन्छ । यसमा प्रमाण, सुनुवाई र लामो प्रक्रिया हुन सक्छ ।

कानूनी आधारहरू

मुलुकी देवानी संहिताअनुसार निम्न आधारमा सम्बन्धविच्छेद माग गर्न सकिन्छ :

  • लगातार तीन वर्ष वा बढी अलग बसोबास
  • शारीरिक वा मानसिक यातना
  • भरणपोषण नदिने वा घरबाट निकाल्ने
  • अर्को विवाह गर्नु वा विवाहेत्तर यौनसम्बन्ध राख्नु
  • गम्भीर हिंसा वा षड्यन्त्र

आपसी सहमतिमा भने यी आधारहरू प्रमाणित गर्न आवश्यक पर्दैन ।

प्रक्रिया कहाँबाट सुरु हुन्छ ?

सम्बन्धविच्छेदको निवेदन सम्बन्धित जिल्ला अदालतमा दिनुपर्छ ।

आपसी सहमतिमा भए दुवै पक्षको संयुक्त निवेदन दिनुपर्छ । एकपक्षीय भए अदालतले अर्को पक्षलाई सूचना पठाउने, जवाफ माग्ने र प्रमाण परीक्षण गर्ने गर्छ ।

अदालतले सकेसम्म मध्यस्थता गरी मेलमिलापमार्फत्‌ समस्या समाधान गर्न प्रयास गर्छ ।

सम्पत्ति, भरणपोषण र बालबालिकाको अधिकारवैवाहिक जीवनमा आर्जित सम्पत्तिमा दुवै पक्षको अधिकार रहन्छ ।

अदालतले आवश्यकता अनुसार भरणपोषण (Alimony) तोक्न सक्छ ।

बालबालिकाको हकमा बालहितलाई प्राथमिकता दिइन्छ — कस्टडी, भेटघाट र खर्च अदालतले निर्धारण गर्छ ।

आवश्यक कागजात

  • विवाह दर्ता प्रमाणपत्र
  • नागरिकता प्रमाणपत्र
  • बालबालिकाको जन्मदर्ता (भएमा)
  • सम्पत्तिसम्बन्धी कागजात
  • कानूनी सल्लाह

आपसी सहमतिमा सम्बन्धविच्छेद गर्दा सम्पत्ति बाँडफाँड, भरणपोषण र बच्चाको भविष्यबारे लिखित सम्झौता गर्नु अत्यन्त जरुरी छ । हतारमा गरिने सम्झौताले पछि ठूलो समस्या निम्त्याउन सक्छ ।

यो पनि –

सम्बन्ध विच्छेदपछि घरपालुवा जनावर कसले राख्ने? ब्राजिलले ल्यायो ‘पेट कस्टडी’ कानून

सम्बन्धित खवर

भ्रामक सूचनाका तीन आयाम : मिसइन्फरमेसन, डिसइन्फरमेसन र मालइन्फरमेसन

भ्रामक सूचनाका तीन आयाम : मिसइन्फरमेसन, डिसइन्फरमेसन र मालइन्फरमेसन

काठमाडौं । सर्वोच्च अदालत र सञ्चारकर्मीबीचको अन्तरक्रिया कार्यक्रमको सिलसिलामा गत साता न्यायाधीश महेश शर्मा...

के हो घरमै बसेर कैद भुक्तानी गर्ने कानून ? कहिलेदेखि लागू हुन्छ ?

के हो घरमै बसेर कैद भुक्तानी गर्ने कानून ? कहिलेदेखि लागू हुन्छ ?

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन)...

तेज गतिमा बढ्दो ढुवानी व्यवसायबारे कानुनी जानकारी 

तेज गतिमा बढ्दो ढुवानी व्यवसायबारे कानुनी जानकारी 

काठमाडौँ । एउटा सानो अनलाइन सपिङबाट किनेको  सामान घरसम्म पुग्न अब केही घण्टा मात्र...

प्रबन्ध-पत्रमा हस्ताक्षर गर्नुअघि के-के जाँच्ने ? जोखिम कसरी कम गर्ने ?

प्रबन्ध-पत्रमा हस्ताक्षर गर्नुअघि के-के जाँच्ने ? जोखिम कसरी कम गर्ने ?

काठमाडौँ । व्यापारिक साझेदारी, लगानी, परियोजना वा सहकार्यको सुरुवातमा प्रबन्ध-पत्र (MoU (Memorandum of Understanding))...