काठमाडौँ । आर्थिक विधेयक तोडमोड गरी करका दर हेरफेर गरेको आरोप खेपिरहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय छानबिनको माग नकारेका छन् ।
प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा बुधबार अर्थमन्त्री वाग्लेले जथाभावी संसदीय छानबिन हुन नहुने बताएका हुन् । प्रतिनिधि सभामा रहेका सबैजसो विपक्षी दलले राजीनामा नै मागिरहँदा अर्थमन्त्री वाग्लेले ‘जथाभावी संसदीय छानबिन गर्ने माग नराख्न’ विपक्षी दलहरूलाई आग्रहसमेत गरे ।
अर्थमन्त्री वाग्लेले जेठ १५ गरे ल्याएको ४६४ पृष्ठको आर्थिक विधेयकको १६ पृष्ठ नै हटाएर ४४८ पृष्ठको आर्थिक विधेयक मन्त्रालयको वेबसाइटमा सार्वजनिक गर्न लगाएका थिए । तर, संसद्मा पेश गरिएको विधेयक स्वीकृतिबिना संशोधन गर्न नपाइने कानूनी व्यवस्था छ ।
‘माननीय सांसदहरू आज बिहान उठ्नुभयो। नुवाइधुवाइ गर्नुभयो, चिया खानुभयो, गाडी चढेर आउनुभयो…नर्मल…माइतीघर आउँदा पौने ८ बजेको रहेछ । छानबिनले पत्ता लगाउने त त्यही हो’, छानबिन समिति गठन भएमा त्यसले निकाल्ने निचोडसमेत आफूअनुकूल हुने अनुमान गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘होइन अवैध काम गरेको छ, उजुरी परेको छ, फोन ट्याप गरेको छ, म्यासेज गरेको प्रमाण छ, पेपरमा केही कैफियत देखिन्छ त्यस्तो भएन न छानबिन गर्ने हो ।’
सम्बन्धित समाचार :
करका दरमा चलखेल गर्दा अर्थमन्त्री वाग्लेमाथि राजीनामा गर्न दबाब बढ्दो

