प्रतिलिपि अधिकार सम्बन्धी कानून र अभ्यासबारे प्रशिक्षण सम्पन्न

जस नेपाल

२७ जेठ २०८३

प्रतिलिपि अधिकार सम्बन्धी कानून र अभ्यासबारे प्रशिक्षण सम्पन्न

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद्को लयर्स एकेडेमी समितिको आयोजनामा “प्रतिलिपि अधिकार सम्बन्धी कानून र यसको अभ्यास” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा अधिवक्ता राजकुमार सुवालले प्रशिक्षकको रूपमा सहजीकरण गर्दै प्रतिलिपि अधिकारसम्बन्धी कानुनी व्यवस्था, यसको व्यवहारिक प्रयोग तथा समसामयिक चुनौतीबारे सहभागीहरूलाई जानकारी गराएका थिए ।

प्रशिक्षण कार्यक्रमको समापन परिषद्का उपाध्यक्ष, नेपाल बार एशोसिएशनका अध्यक्ष तथा लयर्स एकेडेमी समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा परिषद्का सदस्य वरिष्ठ अधिवक्ता रविनारायण खनाल, वरिष्ठ अधिवक्ता लेखनाथ अधिकारी तथा अधिवक्ता श्रीराम दवाडीलगायतको उपस्थिति रहेको थियो। सो अवसरमा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको परिषद्ले जनाएको छ ।

परिषद्का अनुसार कानून व्यवसायीहरूको व्यावसायिक क्षमता अभिवृद्धि तथा बौद्धिक सम्पत्तिसम्बन्धी कानुनी ज्ञान विस्तार गर्ने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

तस्विर : नेपाल बार काउन्सिल

सम्बन्धित खवर

सम्बन्धविच्छेद गर्दाका बखत जान्नुपर्ने पाँच तथ्य

सम्बन्धविच्छेद गर्दाका बखत जान्नुपर्ने पाँच तथ्य

काठमाडौँ । नेपालमा सम्बन्धविच्छेदका घटना तीव्र बढिरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका...

कानूनको अभ्यासमा एआईको प्रयोग

कानूनको अभ्यासमा एआईको प्रयोग

झापा । झापाको भद्रपुरमा कानून व्यवसायी र कानूनका विद्यार्थीबीच ‘कानूनको अभ्यासमा एआईको प्रयोग’ विषयक...

भारतको औपचारिक भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

भारतको औपचारिक भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।...

न्याय प्रणालीको सुधार गर्न बार र बेञ्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

न्याय प्रणालीको सुधार गर्न बार र बेञ्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेञ्चको सहकार्य...