न्याय प्रणालीको सुधार गर्न बार र बेञ्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

जस नेपाल

२० जेठ २०८३

न्याय प्रणालीको सुधार गर्न बार र बेञ्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेञ्चको सहकार्य जरुरी भएको बताएका छन् ।

सर्वोच्च अदालत बार एसोसिएसनले आज बुधवार उनको स्वागत तथा पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको बिदाइ कार्यक्रममा शर्माले न्याय क्षेत्रको सुधारका लागि बार र बेञ्चबीच सहकार्य हुँदा न्याय सम्पादन सहज हुने बताए ।

“विधिको शासन, संविधान, मानव अधिकार संरक्षणमा सर्वोच्च बारको महत्त्वपूर्ण भूमिका हुन्छ”, प्रधानन्यायाधीश शर्माले भने, “बेञ्च र बार एकापसमा मिलेर काम गर्नुपर्छ ।”

पूर्वप्रधानन्यायाधीश राउतले बार र बेन्चबीच सुमधुर सम्बन्ध विगतदेखि नै रहिआएको र सर्वोच्चमा मुद्दा सङ्ख्या बढ्दै गएकाले त्यसलाई घटाउनेतर्फ ध्यान दिन सुझाव दिए ।

नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित खवर

टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर अदालतको आदेश

टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर अदालतको आदेश

काठमाडौँ ।  ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा टिकटकर तुल्सा अधिकारीलाई ललितपुर जिल्ला...

समयमै न्यायाधीश नियुक्ति गर्न न्याय परिषद्लाई सर्वोच्चको परमादेश (पूर्णपाठ)

समयमै न्यायाधीश नियुक्ति गर्न न्याय परिषद्लाई सर्वोच्चको परमादेश (पूर्णपाठ)

काठमाडौँ । सर्वोच्च अदालतले न्याय परिषद्लाई संविधान र कानूनले तोकेको समयसीमाभित्र न्यायाधीश नियुक्तिको सिफारिस...

छानबिन आयोगमा सम्पत्ति विवरण पेश नगर्ने पूर्व  न्यायाधीश फोरमको निर्णय

छानबिन आयोगमा सम्पत्ति विवरण पेश नगर्ने पूर्व न्यायाधीश फोरमको निर्णय

काठमाडौँ  । पूर्व न्यायाधीश फोरम नेपालले निवृत्त न्यायाधीशहरूले नयाँ गठित सम्पत्ति छानबिन आयोगमा सम्पत्ति...

मधेश प्रदेशका निलम्बित सांसद सिंह विशेष अदालतबाट भ्रष्टाचारी ठहर

मधेश प्रदेशका निलम्बित सांसद सिंह विशेष अदालतबाट भ्रष्टाचारी ठहर

काठमाडौँ । मधेश प्रदेशसभाका निलम्बित सदस्य सरोजकुमार सिंहलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ४९ महिना...