बैंकिङ कसुरमा वडाध्यक्ष पक्राउ, मेयर भन्छन् ‘पक्राउ परेको थाह छैन’

जस नेपाल

२९ जेठ २०८३

बैंकिङ कसुरमा वडाध्यक्ष पक्राउ, मेयर भन्छन् ‘पक्राउ परेको थाह छैन’

महोत्तरी । प्रहरीले बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुरसम्बन्धी मुद्धामा पक्राउ गरेको छ ।

महोत्तरी जिल्ला अदालतबाट गत वैशाख २२ गते फरार सूचीमा रहेका वडाध्यक्ष महतोलाई प्रहरीले गत वैशाख २२ गते बिहीबार पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले वडाध्यक्ष महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखी बैंकिङ कसुरसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए ।

यता पक्राउ परेका वडाध्यक्ष धुरन महतोको नाम बर्दिबास नगरपालिकाको वेवसाइटमा भने उल्लेख छैन ।  उहाँको नाम किन नराखिएको भन्ने प्रश्नमा मेयर प्रहलाद कुमार क्षेत्री भन्छन् ‘उहाँ ९ नम्बरको वडाध्यक्ष हो । वेवसाइटमा केही समस्या भएको होला । तर उहाँ पक्राउ परेको मलाइ थाह छैन ।’

सम्बन्धित खवर

रौतहट प्रहरीको एक वर्ष : ४४८ फरार प्रतिवादी पक्राउ, पाँच करोडभन्दा बढीका तस्करीका सामान बरामद

रौतहट प्रहरीको एक वर्ष : ४४८ फरार प्रतिवादी पक्राउ, पाँच करोडभन्दा बढीका तस्करीका सामान बरामद

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा अदालतबाट फरार रहेका ४४८...

झापामा वित्तीय अपराध बढ्दो : एक वर्षमा ३७३ मुद्दा, ३१० अभियुक्त अझै फरार

झापामा वित्तीय अपराध बढ्दो : एक वर्षमा ३७३ मुद्दा, ३१० अभियुक्त अझै फरार

झापा। डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि झापा जिल्लामा वित्तीय अपराधका...

झापामा एक वर्षमा पाँच करोडको अवैध सामान बरामद

झापामा एक वर्षमा पाँच करोडको अवैध सामान बरामद

भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा रु पाँच करोड बढीका...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु ५५ लाख ९०...