काठमाडौँ । राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई ४ दिन थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य न्यायधीशहरु उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई सोमबारदेखि नै लागू हुने गरी थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जस नेपाललाई जानकारी दिइन् ।
अर्याल र केसीले राहदानी छाप्ने क्रममा भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारको आरोप छ ।

