भारतीय सर्वोच्च अदालतले सोमबार ठहर गरे अनुसार लिभिङ सम्बन्धमा रहेको पुरुषले महिलालाई क्रूरतापूर्ण व्यवहार गरेको आरोपमा मुद्दा चलाउन सकिन्छ । तर सम्बन्धमा रहेका महिला र पुरुष एकअर्कालाई विवाह गर्ने उद्देश्य राखेकाे र विवाहको प्रकृतिमा योग्य हुने लिभिङ सम्बन्धमा हुनुपर्छ । [लोकेश विरुद्ध कर्नाटक राज्य]
न्यायाधीशद्वाय संजय करोल र एन. कोटिस्वर सिंहको संयुक्त इजलासले आदेश गरे अनुसार भारतीय दण्ड संहिता (आईपीसी) को धारा ४९८ए अनुसार कानुनी रूपमा वैध विवाह नभए पनि यस्ता सम्बन्धमा लागू हुनेछ ।
‘धारा ४९८ए विवाहको प्रकृतिमा योग्य हुने लिभिङ सम्बन्धमा लागू हुन्छ, जसमा विवाह गर्ने उद्देश्य त्यसको अन्तर्निहित भागको रूपमा स्थापित हुनुपर्छ ।’ आदेशमा भनिएकाे छ । तर, हरेक लिभिङ सम्बन्धमा यो दण्ड प्रावधान आकर्षित नहुने अदालतले स्पष्ट पारेकाे छ । पक्षहरूले विवाह गर्ने उद्देश्य राखेको कुरा स्थापित गर्ने प्रारम्भिक दायित्व कानूनअन्तर्गत संरक्षण खोज्ने महिलामा रहनेछ ।
यो फैसला डा. लोकेश बीएच र अन्यले कर्नाटक उच्च अदालतको नोभेम्बर २०२५ को फैसलालाई चुनौती दिँदै दायर गरेको अपीलमा आएको हो । जसमा उच्च अदालतले उनीहरूविरुद्धको अपराधिक कारबाही खारेज गर्न अस्वीकार गरेको थियो ।
मुद्दा एक महिलाको उजुरीबाट सुरु भएको थियो । जसमा उनले लोकेशले आफ्नो पहिलो विवाह अझै कायम रहेको तथ्य लुकाएर उनीसँग विवाह गरेकाे आरोप लगाएकी थिइन् । उनले उनलाई र उनका आफन्तहरूलाई दहेज उत्पीडन, क्रूरता र उनलाई आगो लगाउने प्रयासको आरोप लगाएकी थिइन्।
लोकेशकाअनुसार उनकाे कथित दोस्रो विवाह शून्य थियो र त्यसैले उनलाई धारा ४९८ए को प्रयोजनका लागि महिलाको ‘पतिको’ रूपमा लिन सकिँदैन ।
उच्च अदालतले यो तर्क अस्वीकार गर्दै उक्त प्रावधान शून्य वा रद्द गर्न सकिने ठहर गरेको थियो । अदालतका अनुसार याे कानून विवाह तथा विवाहसँग मिल्दोजुल्दो लिभिङ सम्बन्धमा पनि लागू हुन सक्छ। तर विवाह गर्ने उद्देश्यको प्रमाण आवश्यक पर्नेछ।
धारा ४९८ए पति र उनका आफन्तहरूद्वारा महिलामाथि हुने निन्दनीय व्यवहारलाई निरुत्साहित गर्न ल्याइएको थियो । यसको व्यापक उद्देश्य महिलाको समानता सुनिश्चित गर्नु र पुरानो युगबाट विरासतमा आएको पुरुष श्रेष्ठताको धारणाबाट टाढा सर्नु हाे ।
‘कानूनले समाजमा आएका परिवर्तनलाई प्रतिक्रिया दिनुपर्छ ।’ अदालतले भनेकाे छ ।
याे पनि – काठमाडौंमा व्यापक छ ‘लिभिङ टुगेदर’
विवाहित महिला र विवाहसँग मिल्दोजुल्दो सम्बन्धमा रहेकी महिलाबीच भेदभाव गर्नु घरेलु क्रूरता रोक्ने उद्देश्यसँग कुनै तर्कसंगत सम्बन्ध राख्दैन र यो संविधानको धारा १४ को उल्लङ्घन हुने अदालतले तर्क गरेको छ ।
अदालतले घरेलु हिंसाबाट महिला संरक्षण ऐन, २००५ ले लिभिङ सम्बन्धमा रहेकी महिलालाई पर्याप्त सुरक्षा दिन्छ भन्ने तर्क पनि अस्वीकार गरेको छ । यद्यपि घरेलु हिंसा ऐनको क्षेत्र व्यापक छ र विवाहको प्रकृतिमा रहेका सम्बन्धलाई मान्यता दिन्छ । यसले मुख्यतया नागरिक उपचार प्रदान गर्छ । यसको विपरीत, धारा ४९८ ए ले आपराधिक दायित्वको व्यवस्था गर्छ । त्यसैले उच्च मापदण्ड आवश्यक पर्छ ।
इजलासले आफ्नो व्याख्या विशेष रूपमा धारा ४९८ए मा मात्र सीमित गरेको छ । यसले अन्य दण्ड प्रावधानको व्याख्यामा स्वतः असर नपार्ने स्पष्ट पारेको छ ।
वरिष्ठ अधिवक्ता आनन्द संजय एम. नुलीले याचिकाकर्ताहरूका लागि अधिवक्ता अश्रित्सई तोर्गल र शिव स्वरूपसहित बहस गरेका थिए । जसलाई नुली एन्ड नुलीले निर्देशन दिएको थियो ।
प्रतिवादीहरूको प्रतिनिधित्व अधिवक्ता नवीन शर्मा, स्वाती भूषण शर्मा, एसके शर्मा, पायल गोला, हेतु अरोरा सेठी, ललित मोहिनी भट्ट, सिद्धार्थ अग्रवाल, राहुल जैन, कनक बाथवाल र सनिध्या कुमारले गरेका थिए ।
अतिरिक्त सोलिसिटर जनरल बृजेन्द्र चाहर र ऐश्वर्या भाटी, साथै अधिवक्ता गुर्मीत सिंह मक्कर, बीके सतिजा, सीमा बेगानी, राजेश्वरी शंकर, रमन यादव र आरुषी सिंह, एन. विशाकामुर्ती, हिमांशु जैन, कुमारी आरती र सूर्यनाथ पाण्डेय पनि मुद्दामा उपस्थित भएका थि ए।
अधिवक्ता नीना नरिमनले अधिवक्ता स्वरित उनियाल मिश्र र पदुजा मिश्रसहित एमिकस क्युरिएको रूपमा सहयोग गरेकी थिइन् ।
स्रोत : बार एण्ड बेन्च

