नक्कली प्रमाणपत्र बुझाएर बालविकास सहजकर्ताको जागिर, लाग्यो भ्रष्टाचार मुद्दा

जस नेपाल

२२ असार २०८३

नक्कली प्रमाणपत्र बुझाएर बालविकास सहजकर्ताको जागिर, लाग्यो भ्रष्टाचार मुद्दा

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बालविकास सहजकर्ताको जागिर खाएकी एक महिलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिका-७ स्थित श्री जय भवानी माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित वालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ता बिना कुमारी राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर गरिरहेको भनी परेको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादी राईले उल्लेखित विद्यालयमा बालविकास सहजकर्ता निय्क्त हुन कक्षा आठ र प्रवेशिका परीक्षा (एसएलसी) का झुट्टा तथा नक्कली शैक्षिक योग्यता प्रमाणपत्र पेश गरी सरकारी सेवा सुविधासमेत प्राप्त गरेको पुष्टि भएको आयोगले आरोपपत्रमा उल्लेख गरेको छ ।

आयोगले राईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

सम्बन्धित खवर

रौतहट प्रहरीको एक वर्ष : ४४८ फरार प्रतिवादी पक्राउ, पाँच करोडभन्दा बढीका तस्करीका सामान बरामद

रौतहट प्रहरीको एक वर्ष : ४४८ फरार प्रतिवादी पक्राउ, पाँच करोडभन्दा बढीका तस्करीका सामान बरामद

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा अदालतबाट फरार रहेका ४४८...

झापामा वित्तीय अपराध बढ्दो : एक वर्षमा ३७३ मुद्दा, ३१० अभियुक्त अझै फरार

झापामा वित्तीय अपराध बढ्दो : एक वर्षमा ३७३ मुद्दा, ३१० अभियुक्त अझै फरार

झापा। डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि झापा जिल्लामा वित्तीय अपराधका...

झापामा एक वर्षमा पाँच करोडको अवैध सामान बरामद

झापामा एक वर्षमा पाँच करोडको अवैध सामान बरामद

भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा रु पाँच करोड बढीका...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु ५५ लाख ९०...